अषाढ २४,काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भए ।
अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट हात पारे ।
त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।
सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।
उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।
हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र