काठमाडौँ । नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप लगाएका छन् ।
शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजना गरिएकाे कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
कतिपयलाई शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भन्ने लागेको हुनसक्ने भन्दै उनले भने, त्यही कारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर घाउ बनाउन पाए, क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् ।’ तर विभिन्न नेताहरुको नेकपामा प्रवेशले सबैले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गर्ने उनले बताए ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्न केही मानिसहरु युरोप लगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दावी पनि समेत गरेका छन् ।
अध्यक्ष दाहालले समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै विप्लव, बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसी लगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरेका छन् ।
अध्यक्ष दाहालले बाबुराम भट्टराई बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने समेत बताएका छन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित