July 5, 2019

नेपालको शान्ति प्रक्रिया भाँड्न षडयन्त्रः अध्यक्ष प्रचण्ड

 काठमाडौँ । नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरोप लगाएका छन् ।

शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजना गरिएकाे कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

कतिपयलाई शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भन्ने लागेको हुनसक्ने भन्दै उनले भने, त्यही कारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर घाउ बनाउन पाए, क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् ।’ तर विभिन्न नेताहरुको नेकपामा प्रवेशले सबैले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गर्ने उनले बताए ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्न केही मानिसहरु युरोप लगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दावी पनि समेत गरेका छन् ।

अध्यक्ष दाहालले समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै विप्लव, बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसी लगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले बाबुराम भट्टराई बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने  समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै