July 1, 2019

संखुवासभामा ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन

असार १६,काठमाडौं : संखुवासभामा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा काठममाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष फोर्स संखुवासभा पठाइएको हो । 

संखुवासभामा ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन

नेपाल प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बलको १५ र नेपाल प्रहरीको १० जनाको टोली संखुवासभा पठाइएको छ । आज बिहानमात्रै संखुवसभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन । दुई पक्षबीच दोहोरो गोली हानाहान भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१  होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए । प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एनड अरेस्ट अपरेसन’ चलाइरहेको छ ।

गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विप्लव समूहले पहाडी जिल्लामा आफ्नो उपस्थिति बढाएको निष्कर्ष निकाल्दै सुरक्षा संयन्त्रले सतर्कता बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र