असार १६,काठमाडौं : संखुवासभामा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकप्टरमा विशेष फोर्स परिचालन गरिएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा काठममाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष फोर्स संखुवासभा पठाइएको हो ।

नेपाल प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बलको १५ र नेपाल प्रहरीको १० जनाको टोली संखुवासभा पठाइएको छ । आज बिहानमात्रै संखुवसभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो । तर दुवै पक्षबीच कुनै क्षति भने भएको छैन । दुई पक्षबीच दोहोरो गोली हानाहान भएको प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेका थिए । प्रहरीले देशव्यापी रुपमा प्रतिबन्धित विप्लव समूहविरुद्ध ‘सर्च एनड अरेस्ट अपरेसन’ चलाइरहेको छ ।
गोली हानाहानपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विप्लव समूहले पहाडी जिल्लामा आफ्नो उपस्थिति बढाएको निष्कर्ष निकाल्दै सुरक्षा संयन्त्रले सतर्कता बढाएका छन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन