असार २, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बडुले विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुुन् ।
गुठी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्दै संसदमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’
नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्दै उनले गुठी विधेयकबारे संवादबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले दमनको बाटो होइन वार्ता र संवादबाट समाधान खोजोस्’ उनले भने, ‘सरकारले गुठी विधेयक फिर्ता गर्नुपर्छ’, सांसद बडुले भने ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन