लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।
स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए लाखौं युवा डिप्रेशनको शिकार हुने सो समितिले जनाएको हो ।
उक्त सङ्घर्ष समितिद्वारा शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड भए सरकारविरुद्ध कडा आन्दोलन गरिने चेतावनी दिइयो ।
सङ्घर्ष समितिका संयोजक मङ्गल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक पनि विज्ञापन रोकिए देशभरबाटै आन्दोलन शुरू गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन माग गरे ।
सह–संयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको सोे विज्ञापनले देशमा दूरगामी असर पर्ने बताए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का