छोराको नाम येस्तो राखे पछि आमाबाबुलाई पाँच वर्ष जेल सजाए !

Image result for parents get caught after naming their son adolf hitler

 सुन्दा अच्चम लाग्न सक्छ छोराको नाम राख्दा जेल जानुपर्ने भन्दा । तर ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरुलाई जेल सजाय भएकाे छ । सजाय दिइएका मध्य एक जोडीले आफ्नो छोराको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ’ राखेका थिए ।

बिरमिनघम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्य एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाए । भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्ष ।

२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण मंगलबार सजाय पाउने ६ मध्य दुई व्यक्ति हुन् । उक्त संगठन सन् २०१६ मा बेलायतको आतंकवादी विरोधी कानुन अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समुह भएको थियो ।

फैसलामा इनम्यानले समुहलाई ‘डरलाग्दो’ उद्देश्य भएको समुह भनेका छन् ।“नेसनल एक्सन गम्भिर हिंसा र हत्यामार्फत नाजिहरुको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मुल गर्छ ,”फैसलाको क्रममा इनम्यानले भने ।

इनम्यानले ती जोडिको ‘हिंसात्मक नश्लिय सोचको लामो इतिहास भएको’ बताए । नेसनल एक्सनका सदस्यता बापत सजाय पाउने अन्य सदस्यमा यी जोडीका नजिकको मित्र डेरेन फ्लेचर छन् । उनले नेसनल एक्सनसँगको आफ्नो सदस्यता स्वीकारे छन् । २८ वर्षे फ्लेचरले आफ्नी छोरीलाई नाजीहरुले गर्ने स्यालुट सिकाएका थिए ।

उनलाई ५ वर्षको जेल सजाय दिइएको छ । त्यस्तै सजाय पाउने अन्य सदस्यमा २७ वर्षे ड्यानियल बोगुनोभिक छन् । उनलाई ६ वर्ष ४ महिनाको सजाय दिइएको छ । दुई अन्य व्यक्तिमा २४ वर्षका साइबर सुरक्षा श्रमिक जोइल विलमोर र भ्यान ड्राइभर २६ वर्षे नथन प्रिक छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री