June 13, 2019

भारतमा आउने चक्रवाती अाँधीका कारण नेपालमा पनि असर हुने संभावना, ३ लाखलाई सुरक्षीत स्थानमा सारियो

 

Image result for ‘चक्रवाती तूफान ‘वायु’

जेठ ३०, भारत । ‘चक्रवाती तूफान ‘वायु’ आउने संकेत पाएपछी भारतको गुजरातमा असुरक्षित ठाउँमा भएका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

करिब ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानिय अधिकारकर्मीले जनाएका छन् ।

भारतीय मौसम विभागले यस शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गर्नुका साथै अहिले त्यो आँधी पोरबन्दर आसपास आईसकेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउन सक्ने स्थानमा बसोबास गरेका मानिसलाई मानिसहरूलाई सुरक्षित रहन आग्रह समेत गरेका छन्।यस ‘चक्रवाती तूफान ‘वायु’ सँगै भूकम्प जान सक्ने सम्भावना रहेको भारतीय मौसम विभागले जानकारी गराएका छन् ।

अहिले  ‘चक्रवाती तूफान ‘वायु’ आउँने स्थानहरुमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि अबरुद्ध, विद्यालयहरु बन्द गरिनुको साथै गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको स्थानिय अधिकारकर्मीले जनाएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस ‘चक्रवाती तूफान ‘वायु’ को सामान्य असर नेपालमा पनि देखा पर्नेछ ।

जसको कारण आज बिहिबार नेपालका बिभिन्न स्थानहरुमा हावाहुरी चल्नुको साथै मेघ गर्जन सहित वर्षा हुने सम्भावना देखिएको बिभागले जानकारी दिएका छन् ।

तर नेपालमा भने खासै ठूलो असर नपर्ने मौसमविद मञ्जु बासीले जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो