May 23, 2019

‘समाचार लेखेकै आधारमा १० लाख जरिवाना तिराउनु उचित छैन’

जेठ ९, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विद्येयकमाथि आपत्ति जनाएका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बामदेव गौतमले समाचार लेखेकै भरमा पत्रकारलाई १० लाख जरिवाना तिराउनु गलत भएको भन्दै यसलाई सच्याउनु पर्ने धारणा राखेका हुन् ।

‘सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विद्येयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छुु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई १०–१० लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन ।’

उनले अहिलेकै अवस्थामा अघि नबढाउन सरकार, सम्बन्धित सरकारी निकाय लगायत सम्बन्धित सबैमा आग्रह गर्दै राज्यको चौँथो अंग तथा लोकतन्त्रको खम्बाको रुपमा रहेको प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्ने स्पष्ट पारे ।

सचिवालय सदस्य गौतमले समय–समयमा पेसाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट आफू पनि सिकार हुँदै आएको पनि बताए ।

उक्त विधेयकको खरो आलोचना हुँदै आइरहेको छ । सञ्चारकर्मीदेखि पत्रकार तथा विभिन्न सञ्चार सम्बद्ध संस्था र सरोकारवालाले पनि विधेयकको विरोध गरेका छन् ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध पत्रकारहरुले जेठ ६ देखि दोस्रो चरणको आन्दोलन पनि सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन