May 20, 2019

प्रतिनिधि सभा बैठक सुरु, पेश हुँदैछन् यी १२ विधेयक–प्रतिवेदन (LIVE)

जेठ ६ , काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठक सुरु भएको छ ।

Image result for प्रतिनिधि सभा बैठक सुरु

११ बजेदेखि सुरु भएको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘अर्थ समितिद्वारा २०७६ वशौख महिनामा आयोजित आ.व. २०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्दैछन् ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति श्री पूर्ण कुमारी सुवेदीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमितिको वार्षिक प्रतिवेदन २०७५/०७६’ पेश गर्ने कार्यक्रम छ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षककोछपन्नौं वार्षिक प्रतिवदेन, २०७५’, ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ कोसुशासन प्रतिवदेन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्नेछन् ।

‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रधानमन्त्रीकै तर्फबाट सो विधेयक प्रस्तुत हुनेछ ।

आजको बैठकमा ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि प्रधानमन्त्री ओलीको तर्फबाट पेश हुनेछ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले “प्रहरी समायोजन विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र “प्रहरी समायोजन विधेयक, २०७५” पेश गर्ने कार्यक्रम छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन विधेयक, र “वातावरण संरक्षण विधेयक,” प्रस्तुत गर्नेछन् । भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५” प्रस्तुत गर्नेछिन् ।

“वातावरण संरक्षण विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई पनि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

LIVE भिडियाेः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र