May 20, 2019

प्रतिनिधि सभा बैठक सुरु, पेश हुँदैछन् यी १२ विधेयक–प्रतिवेदन (LIVE)

जेठ ६ , काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठक सुरु भएको छ ।

Image result for प्रतिनिधि सभा बैठक सुरु

११ बजेदेखि सुरु भएको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘अर्थ समितिद्वारा २०७६ वशौख महिनामा आयोजित आ.व. २०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्दैछन् ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति श्री पूर्ण कुमारी सुवेदीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमितिको वार्षिक प्रतिवेदन २०७५/०७६’ पेश गर्ने कार्यक्रम छ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षककोछपन्नौं वार्षिक प्रतिवदेन, २०७५’, ‘नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ कोसुशासन प्रतिवदेन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्नेछन् ।

‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रधानमन्त्रीकै तर्फबाट सो विधेयक प्रस्तुत हुनेछ ।

आजको बैठकमा ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि प्रधानमन्त्री ओलीको तर्फबाट पेश हुनेछ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले “प्रहरी समायोजन विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र “प्रहरी समायोजन विधेयक, २०७५” पेश गर्ने कार्यक्रम छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन विधेयक, र “वातावरण संरक्षण विधेयक,” प्रस्तुत गर्नेछन् । भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५” प्रस्तुत गर्नेछिन् ।

“वातावरण संरक्षण विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई पनि निर्णयार्थ प्रस्तुत गरिने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

LIVE भिडियाेः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन