May 17, 2019

अहिलेको बहुमत कतिलाई पचेन, अर्कोपल्ट दुई तिहाइको सरकारः प्रधानमन्त्री

 

अहिलेको बहुमत कतिलाई पचेन, अर्कोपल्ट दुई तिहाइको सरकारः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा दुई तिहाइ हासिल गर्ने बताएका छन्। अहिले दुई तिहाइबाट थोरै पछि भएको बताउँदै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनबाट एकल दुई तिहाइ पुर्‍याउने बताएका छन्।

मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने ‘हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन। अहिले हामीसँग अलिकति दुई तिहाइ छैन। नपचेर के गर्नु अर्को पटक दुईको तिहाइको हुन्छ यो सरकार। एकल दुई तिहाइको सरकार।’

उनले सरकारले देश र जनताको पक्षमा काम गरेको दाबी गरे। पार्टीका नेताहरू धन कमाउने उदेश्यले नहिँडेको पनि उनले बताए। उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए।

प्रतिपक्ष दलतर्फ लक्षित गर्दै ओलीले असभ्यतापूर्वक मुख छाड्नेहरू देखिएको बताए। ओलीले अहिलेको सरकारको सफलता सफलताको शिखर नभई प्रारम्भ मात्र भएको बताए।

पार्टीमा केही असजिला र अप्ठ्यारा भए पनि अनुशासित र नमूना पार्टी बनाइने ओलीको उद्घोष छ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित