May 4, 2019

बैशाख २३ सोमबारदेखि सीतापाइलामा गीताज्ञान महाअनुष्ठान हुँदै 

बैशाख २१,काठमाडौँ–सोमबारदेखि काठमाडौंको सीतापाइलामा ऐतिहासिक गीताज्ञान महाअनुष्ठान हुने भएको छ । नारायण आध्यात्मिक केन्द्रको निर्माणाधिन कार्य सम्पन्न गर्न तथा मानिसहरुलाई गीताको तार्किक, व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सवैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान गर्न लागिएको हो । 

अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् । 

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् ।

त्यस्तै महाअनुष्ठानको पूर्णहुती बैशाख ३० र कृतज्ञाता ज्ञापन बैशाख ३१ गने हुनेछ । 

महाअनुष्ठान मुल समारोह समितिका अध्यक्ष जयराम लामिछानेले वैशाख ३० गतेसम्म अनुष्ठान चल्ने जानकारी दिँदै आध्यात्मिक भाव जगाउन तथा सकारात्मक सोचको उजागर गर्न अनुष्ठान सहयोगीसिद्ध हुने जानकारी दिए । 

त्यस्तै उनले महाअनुष्ठानले ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने तथा आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अर्बौको स्वदेशी धनराशीलाई स्वदेशमै परिचालन तथा प्रयोग गर्न राष्ट्रव्यापी जागरण पैदा गर्न महाअनुष्ठान सहयोगी बन्नसक्ने पनि बताए ।   

नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा  वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको सव्याख्या गर्नेछन् । 

आयोजकले अनुष्ठानको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय