May 4, 2019

बैशाख २३ सोमबारदेखि सीतापाइलामा गीताज्ञान महाअनुष्ठान हुँदै 

बैशाख २१,काठमाडौँ–सोमबारदेखि काठमाडौंको सीतापाइलामा ऐतिहासिक गीताज्ञान महाअनुष्ठान हुने भएको छ । नारायण आध्यात्मिक केन्द्रको निर्माणाधिन कार्य सम्पन्न गर्न तथा मानिसहरुलाई गीताको तार्किक, व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सवैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान गर्न लागिएको हो । 

अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् । 

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् ।

त्यस्तै महाअनुष्ठानको पूर्णहुती बैशाख ३० र कृतज्ञाता ज्ञापन बैशाख ३१ गने हुनेछ । 

महाअनुष्ठान मुल समारोह समितिका अध्यक्ष जयराम लामिछानेले वैशाख ३० गतेसम्म अनुष्ठान चल्ने जानकारी दिँदै आध्यात्मिक भाव जगाउन तथा सकारात्मक सोचको उजागर गर्न अनुष्ठान सहयोगीसिद्ध हुने जानकारी दिए । 

त्यस्तै उनले महाअनुष्ठानले ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने तथा आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अर्बौको स्वदेशी धनराशीलाई स्वदेशमै परिचालन तथा प्रयोग गर्न राष्ट्रव्यापी जागरण पैदा गर्न महाअनुष्ठान सहयोगी बन्नसक्ने पनि बताए ।   

नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा  वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको सव्याख्या गर्नेछन् । 

आयोजकले अनुष्ठानको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक