शाख १७, संखुवासभा : नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने जोकोहीमाथि छानविन गर्नुपर्ने बताएका छन् ।
मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता प्रकाशमानले सरकारी जग्गा अतिक्रमण गर्ने जोसुकैलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।
‘बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै सभापति शेरबहादुर देउवा नै दोषी भएपनि कारबाही हुनुपर्छ । जुनसुकै पार्टीका नेता कार्यकर्ता भएपनि सरकारी जग्गा हडप्न खोज्नेलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्छ । सजाय दिनुपर्छ’, उनले भने ।
यस्तै उनले अहिलेका सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको पनि आरोप लगाए । सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको उनको भनाइ छ ।
नेता सिंहले सरकार संविधान अनुसार नचलेको पनि आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारले सिंगो प्रस स्वतन्त्रताको खिल्ली उडाएको छ । समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ गर्ने र विभिन्न बाहानाबाजी बनाएर जेल हाली तर्साउने काम गरिरहेको छ ।’
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन