बैशाख १५, हुम्ला : हुम्लामा अज्ञात रोग लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा पत्ता नलागेको रोगबाट अहिलेसम्म २ जना बालकसहित ९ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ताजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, सोही वडाकी ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापा, ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठाल लगायत छन् ।
सोही गाउँपालिका–१, २ र ३ मा थुप्रै मानिस बिरामी परेको जनाइएको छ ।
सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ । तर के रोग हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
९ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान औषधी र चिकित्सकको टोलीसहितको हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन् ।
ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र