एएफसी छनोटमा नेपालको लजास्पद हार

बैशाख १३,काठमाडौं : एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लजास्पद हार बेहोरेको छ । समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग ११–१ को लजास्पद हार बेहोरेको हो । म्यानमारस्थित मन्डलाथिरि रंगशालामा अष्ट्रेलियाले पहिलो हाफमा ६ गोल गर्दा दोस्रो हाफमा ५ गोल थपेको थियो । पहिलो हाफको अन्तिम समयमा १ गोल फर्काएको नेपालले दोस्रो हाफमा भने केही सम्हालिएको प्रदर्शन गरेको थियो । 

डिफेन्सको एकपछि अर्को गल्तीले चौथो मिनेटबाट नै गोलको शिकार भएको नेपाल एकपछि अर्को गल्तीले लजास्पद हार ब्यहोर्न पुग्यो । नेपालका तर्फबाट १ गोल रेखा पोडेलले गरेकी थिइन् । पहिलो हाफ सकिन केही सेकेण्ड बाँकी रहँदा रेखाले अग्रता घटाउन प्रयास गरेकी थिइन् । 

प्रशिक्षक हरीओम श्रेष्ठले राष्ट्रिय टोलीबाट खेलिसकेका पाँच खेलाडीलाई मैदान उतारेका थिए । तर अपेक्षाअनुसारको प्रदर्शन गर्न टोली सफल भएनन् । त्यसो त अष्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो । नेपाल भन्दा फिफा बरियतामा अष्ट्रेलिया ९७ स्थान माथि छ । नेपाल १ सय ३ तथा अष्ट्रेलिया ६ औं स्थानमा रहेको छ । 

पहिलो खेलमा निकै खराब प्रदर्शन गरेको नेपालले अब समूहको अर्को खेलमा आइतबार  घरेलु टोली म्यानमारको सामना गर्नेछ । यस्तै अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ । दुइ समूहका बिजेता र उपबिजेता थाइल्याण्डमा हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछन् । 

यसअघि गत कात्तिकमा थाइल्याण्डमा भएको पहिलो चरणमा नेपालले भारत र पाकिस्तानमाथि जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । घरेलु टोली थाइल्याण्डसँग हार ब्यहोरेपनि नेपाल उत्कृष्ट उपबिजेता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार