
उनले बालुवाटारमा रहेको आफ्नो आठ आना जग्गा सरकारीकरण गर्ने मन्त्रिपरिषदको निर्णयलाई स्वागत गर्दै दोस्रो विज्ञप्ति निकालेका हुन् । उनीमाथि सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेर खरिद गरेको आरोप लागिरहेको छ । नेकपाका कतिपय नेताहरुले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मत राख्दै आएका छन् ।
शुक्रबार साँझ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु ।’
पौडेलले विज्ञप्तिमा आफूले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका– ४ रहेको आठ आन जग्गा उमा ढकाल र माधवी सुवेदीबाट कानुनअनुसार खरिद बिक्री गर्न मिल्ने एकिन गरी किनेको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा सरकारी जग्गा अतिक्रमणमा आफ्नो कुनै भूमिका नरहेको जिकिर गरेका छन् ।
बालुवाटारमा जग्गा किन्दा २०६१ असोज २४ गते नवलपरासीको बर्दघाट नगरपालिका–१० पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै