वाइडबडी भ्रष्टाचारकाे छानबिन गर्न अख्तियारले बाेलायाे अन्तर्राष्ट्रिय कम्पनी

बैशाख ६, काठमाडौं : नेपाल वायुसेवा निगमका दुईवटा ठला जहाज (वाइडबडी) बिक्रीमा संलग्न पाँच वटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।

waid-body

दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम , पोर्चुगलको हाईफ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि ७ दिनभित्र उपस्थित हुन भनेको हो ।

यदि तोकिएको समयसीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।

‘ए३३०–२०० जहाज खरिदको विषयमा परेको उजुरीका आधारमा उल्लिखित कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आयोगमा उपस्थित हुन भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ बमोजिम यो सूचना प्रकाशन गरिएको छु, अख्तियारले पत्रमा भनेको छ, ‘यसको परिपालना नभएमा प्रचलित कानुनबमोजिमको कारबाही अघि बढाइनेछ।’

नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा दुई वटा वाइडबडी जहाज भित्र्याएको थियो । भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथिको छानबिनका क्रममा अख्तियारले बिक्रेता कम्पनीका प्रतिनिधिलाई बोलाएको हो।

निगमले २०७५ को असार र साउनमा युरोपेली कम्पनी एयरबसका दुईवटा जहाज हाइफ्लाई एक्स नामक कम्पनीबाट खरिद गरेको थियो।

वाइडबडी जहाज खरिद प्रक्ररणमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले करिब ४ अर्ब रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो ।

उपसमितिले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर गर्दै मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारलाई दोषी भनेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन