April 16, 2019

एकीकृत सरकारी कार्यालय कावासोतीमा स्थापना गरिने

 बैशाख ३  नवलपुर,

 

नवलपुर सदरमुकाम कावासोतीमा सबै सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भएको छ । सरकारी कार्यालय एकीकृत रूपमा सञ्चालन गर्न कावासोतीस्थित रामनगरमा एक सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । सोही जग्गामा  केन्द्र, प्रदेश र जिल्लास्तरका सबै सरकारी कार्यालय स्थापना गर्ने तयारी स्थानीय प्रशासनले अघि बढाएको हो ।भू–माफियाहरूले पर्ती जग्गालाई विभिन्न बहानामा अतिक्रमण गर्ने प्रयास गरिरहेका वेला सो जग्गा सरकारमातहत ल्याइएको प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिए ।

व्यवस्थित र एकीकृत रूपमा सबै सरकारी कार्यालय सञ्चालन गर्ने उद्देश्यले काम अघि बढाइएको सांसद महताले बताए । ‘नवलपुरलाई सदरमुकाम बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ,’ महतले भने, ‘एकीकृत रूपमा सबै कार्यालय सञ्चालन गर्दा नागरिकले एकै स्थानबाट सबै सेवा सहज 
रूपमा पाउनेछन् ।’ 

एकीकृत सेवाकेन्द्र क्षेत्रमा दुई हजार मानिस अट्ने सभाहल, व्यवस्थित पार्किङ, चमेनागृह, पार्क, कभर्ड हलसहितका संरचना निर्माण गरिनेछन् । ‘नया“ जिल्लाका रूपमा विकास हुँदै गएको नवलपुरलाई नमुना सदरमुकाम बनाउने उद्देश्य हामीले लिएका छौँ,’ महतले भने । 
 ७ वैशाखमा प्रधानमन्त्रीले शिलान्यास गर्ने
एकीकृत सरकारी कार्यालयको शिलान्यास प्रधानमन्त्री केपी ओलीले ७ वैशाखमा गर्दै छन् । त्यसका लागि जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आलेको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्रीलगायतको उपस्थिति रहने आलेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली