
गोरखा, १४ चैत । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा का तीन कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । ‘समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पुर्याउँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।’
तिनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा समूहले गरेको क्रियाकलाप आफूहरुलाई मान्य नहुने उल्लेख गरिएको छ । गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए । रासस
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र