March 26, 2019

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

 

नवलपरासी, १२ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया छन् । दुवै जनालाई गएराति पक्राउ गरिएको हो । 

बर्दघाट नगरपालिका ४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राति ८ बजे घर नजिकैबाट पक्राउ परेका हुन् । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

विप्लवका जिल्ला इन्चार्जसहित दुई पक्राउ

त्यसै गरी पूर्वी नवलपरासी कावासोती नगरपालिका १५ शेरगञ्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई नवलपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विप्लव नेतृत्वका जिल्ला स्तरका नेता, सक्रिय कार्यकर्ताको खोजी तीब्र बनाएपछि उनीहरू भूमिगत छन् । यसअघि प्रहरीले बर्दघाट इन्चार्ज गणेश ढकाललाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन