March 19, 2019

प्रचण्डलाई अमेरिकामा कुनैपनि इन्भेष्टिगेशन नहुने भन्दै अमेरिकी सरकारले सर्कुलर जारी गर्‍यो

 

काठमाडौं, ५ चैत । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किएलगत्तै ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेषरुपमा मात्र जारी गर्दछ । अमेरिकाले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस आईकी नेतृ सोनिया गान्धी लगायतका भारतीय उच्च नेतृत्वहरुका लागि पनि यस्तो सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले अध्यक्ष प्रचण्डको निवासमै पुगेर भेटवार्ता गरेका थिए । भेटवार्तामा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो