March 11, 2019

‘क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पारिन्छ’: प्रधानमन्त्री

 

Image result for प्रधानमन्त्री

फागुन २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय सुरक्षा परिषद्को अठारौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको समग्र सुरक्षा अवस्था र यसका चुनौतिका विषयमा सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सिके राउतसँग सरकारले गरेको सम्झौताप्रति केही व्यक्ति पानी बिनाको माछाजस्तै भएको टिप्पणी गर्दै भने, ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो छटपटिएका छन् । राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह सोच्न पनि नमिल्ने कुरा हो ।’

उनले पृथकतावादी समूह सानो भएपनि विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने भन्दै यस बिषयमा कसैले चिन्ता नगर्न पनि उनले आग्रह गरे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले देशमा हिंसा फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताए । क्रान्तिका नाममा जनता अल्मल्याउनेलाई निस्तेज पार्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र