काठमाडौं, २७ फागुन । दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ । कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो । ईपीएस कोरिया शाखाले भोलि सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको हो ।
यस वर्ष ईपीएस भाषा परीक्षा मार्फत ४३ हजार नयाँ कामदार लिने निर्णय गरेको कोरियाले नेपाली कामदारका लागि १० हजार ५० जनाको कोटा तोकेको छ । यसमध्ये कृषि क्षेत्रमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जनाको कोटा निर्धारण गरिएको छ । यद्यपी कोटा अनुसार सबै कामदार लैजाने निश्चित हुँदैन ।

गत वर्ष भाषा परीक्षा पास गरेका मध्ये यस वर्ष ९ सय ८९ जना कोरिया उडिसकेका छन् । अरु पनि विभिन्न चरणमा कोरिया जान पाउनेछन् । सन् २०१८ मा सबैभन्दा बढि ८ हजार ५ सय ११ जना नेपाली श्रमिक कोरिया गएका थिए । भाषा परीक्षा पास गर्नेमध्ये सन् २०२० मा प्राथमिकताका आधारमा रोजगारीका लागि कोरिया जान पाउने छन् ।
ईपीएस भाषा परीक्षा गरेर कोरियाले ४ वर्ष १० महिनाका लागि रोजगारीमा लैजाने गरेको छ । रोजगार अनुमति प्रणाली ईपीएस सुरु भएयता सन् २००८ देखि ५९ हजार ६ सय ५८ जना कोरिया पुगिसकेका छन् । तर भाषा पास गर्नेको संख्या ७० हजार ४ सय ६९ रहेको छ ।
भाषा परीक्षा पास गर्ने सबै कोरिया जान पाउने निश्चित हुँदैन । ईपीएस परीक्षामा सबैभन्दा बढि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा ७ हजार ९ सय ९६ जना उत्तिर्ण भएका थिए । भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनुपर्ने शाखाले जनाएको छ ।
भाषा परीक्षा उत्तीर्ण गर्नेको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए भाषा परीक्षा उत्तीर्ण गरेकाको नाम रोस्टर सूचिबाट हट्छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’