March 8, 2019

श्रमिक महिला दिवसको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि

 

श्रमिक महिला दिवस आठ मार्चको सुरुवात  कसरी भयो ?

यसको प्रारम्भ सन् १९१० मा समाजवादी नेतृ क्लारा जेट्किनले कोपेनहेगनमा भैरहेको समाजवादीहरुको दोश्रो इन्टरनेसनलको वैठकमा महिला दिवसलाई मार्च आठका दिन संसारभरि मनाउनुपर्छ भनि प्रस्ताव राख्नुभएको थियो । र यो मार्च आठको प्रस्ताव सम्मेलनमा सर्बसम्मतवाट पारित भएको थियो ।

मार्च आठको दिनमा नै श्रमिक महिला दिवस मनाउने प्रस्ताव किन राखियो ?

किनकी सन् १९०८ को मार्च महिनाको आठ तारिखको आइतवारका दिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका श्रमिक महिलाहरुले विरोध प्रदर्शन गरेका थिए । उनिहरु त्यहांको प्रसिद्ध चोक रुजर स्क्वाएरमा जम्मा भई महिलाहरुलाई मताधिकारको अधिकार दिलाईयोस, गार्मेन्ट उद्योगमा कामगर्ने मजदुरहरुको लागि शक्तिशाली ट्रेड यूनियन गठन तथा गार्मेन्ट कारखानालाई सुरक्षित तथा दुर्घटना रहित बनाईयो भनि माग गरेका थिए ।  त्यसै दिन अर्थात मार्च आठका दिनलाई आधारस्तम्भ बनाएर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । त्यसकारण यसलाई मार्च आठ पनि पर्यायकोरुपमा भनिन्छ ।

श्रमिक महिलाहरु पहिलो पटक सन १८५७ न्यु योर्कस्थित टेक्सटायल कारखखानामा कार्यरत श्रमिक महिलाहरुले खान नपुग्ने ज्यालामा काम गर्न नसकिने भनि ज्याला बृद्धि, असिमित कामको घण्टा घटाउनु पर्ने, समान कामको समान ज्याला अर्थात ज्यालामा गरिने विभेदको अन्त्य, सामाजिक अधिकार, सुरक्षिता कार्यथलो, निशुल्क स्वास्थ्य उपचार, हिंसामुक्त कार्य क्षेत्र लगायतको माग राख्दै आन्दोलनमा उत्रेका थिए ।

त्यो प्रदर्शनले समाजवादीहरुको ध्यान आकर्षण ग¥यो ?

अमेरिकाको न्यूयोर्क सहरमा भएको सन १९०८ को मार्च आठको समाजवादी महिलाहरुको विरोध प्रदर्शन र मागले विभिन्न देसका समाजवादी महिलालाई झक्झक्याउने काम ग¥यो । त्यसमध्ये क्लारा जेट्किन पनि एक हुनुहुन्थ्यो । त्यसैकारण अमेरिकी महिलाहरुको जुझारुपनलाई समर्पण गर्दै समान अधिकारका लागि सवै महिलाहरुले र सवै देशमा आन्दोलन गर्नुपर्छ भन्ने मूल्य र मान्यताका साथ मनाउने निर्णयलाई सम्मेलनले पारित ग¥यो ।

आठ मार्चको दिवस  श्रमिक महिला दिवस कहिलेदेखि मनाउन शुरु गरियो ?

हो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च आठ सन् १९११ देखि लगातार मनाउन थालिएको हो । तर आवश्यकता र परिवर्तित सन्दर्भका आधारमा मागहरु र नाराहरु कतिपय परिवर्तन हुँदै र थपिंदै गएको छ । प्रथम विश्व युद्ध र फासिवादको विरुद्धमा मार्च आठको आन्दोलनले निकै ठूलो सफलता पायो ।  लिंगीय विभेद, महिला हिंसा तथा उत्पीडनको अन्त्यको अभियानले २१ सौं सताब्दीमा आइपुग्दा ठूलो फड्को मारिसकेको छ । अहिले नारी पुरुष बराबरी र सबै क्षेत्रमा अनिवार्य प्रतिनिधित्व, समान प्रतिनिधित्व  र समान अवसरको विषय नै प्रमुख मुद्धा बन्न थालेको छ ।

यूरोप र रुसमा मार्च आठ अर्थात श्रमिक महिला दिवस कसरी शुरु भयो ?

सन् १९११ मा मार्च आठका दिन यूरोपका श्रमिक महिलाहरुले काम गर्न पाउने अधिकार, ब्यावसायिक तालिम र बिभेदीकरणको अन्त्यको माँग गर्दै यूरोपभरी प्रदर्शन गरेका थिए । सन् १९११ को श्रमिक महिला दिवसको कार्यक्रमको बिषयमा रसियाको सामाजिक जनवादी पार्टीकी प्रसिद्ध नेतृ अलेक्जेण्ड्रा कोलान्ताईले पुरुषहरुलाई मार्च आठका दिन आफ्ना बालबच्चाहरुको स्याहार गरेर घरैमा बस्न र गृहिणीकोरुपमा कैदभएका उनिहरुको श्रीमतीहरुलाई मार्च आठको सभाहरुमा पठाउन अपिल गरेकी थिइन ।  रुसी अक्टोबर क्रान्तिको तयारीको क्रममा सान्ति, रोटी र जमीनको मागलाई प्रमुख विषय बनाईएको थियो । सन् १९१७ मा अलेक्जेन्ड्रा कोलोन्ताई र जर्मन समाजवादी नेतृ क्लारा जेट्किन दुबैले युद्ध पछिको रसियाको पिटर्सवर्गमा आयोजित पहिलो ८ मार्चको कार्यक्रममा भाग लिनुभएको थियो । सोभियत यूनियनको मन्त्रि समेत रहनुभएकी कोलोन्ताईले लेनिन समक्ष मार्च आठको दिनलाई आधिकरिकरुपमा नै बिरङ्गना श्रमिक महिलाहरुको दिवसकोरुपमा मनाईयोस भनि प्रस्ताव गर्नुभएको थियो । पछिगएर उक्त मार्च आठको दिनलाई नै संयुक्त राष्ट्रसंघले सन १९७५ मा संयुक्त राष्ट्रसंघको महिला अधिकार र सान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली