February 27, 2019

प्रदेश नम्बर ३ मा सवारी दुर्घटना बढ्दो

 

Image result for सवारी दुर्घटना

फागुन १५, चितवन । पछिल्लोसमय चितवनमा सवारी दुर्घटना भयावह बन्दै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेश नम्बर ३ को राजधानी उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाहरुमध्ये चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको हो ।

प्रदेश नम्बर ३ को काठमाडौं उपत्यका बाहेक चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ३ का प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले बताए । उनका अनुसार प्रदेश नम्बर ३ का १० वटा जिल्लामा मात्रै हरेक महिना सवारी दुर्घटनामा सरदर ४५ जनाको मृत्यु हुने गरेको छ । ती मध्ये हरेक महिना १६ देखि १७ जनाको चितवनमा हुने सवारी दुर्घटनामा मृत्यु हुने गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले धेरै प्रयास गर्दा पनि सवारी दुर्घटना कम गर्न नसकिएको बताएको छ । ‘जिल्लामा हुने सबैजसो अपराधिक क्रियाकलापमा हामीले सफलता हासिल गरेकै छौँ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले भने, ‘तर, सवारी दुर्घटना भने झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ ट्राफिक नियम पालना नगरिदिँदा आफैँ जोखिममा पर्ने गरेको उनले बताए ।

उनका अनुसार प्रहरीले मादक पदार्थ सेवन गर्ने चालकलाई हरेक दिन कारबाही गर्दै आएको छ । तैपनि समस्या समाधान हुन सकेको छैन । ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउन हुँदैन भन्ने सबै चालकलाई थाहा छ, तर चलाइदिन्छन्’, उनले भने, ‘हरेक दिन १२ देखि १५ जनालाई मापसेकै आरोपमा हामीले कारबाही गर्दै आइरहेका छौँ, तैपनि कम हुँदैन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा मात्रै चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८४ वटा सवारी दुर्घटना हुँदा ८९ जनाले ज्यान गुमाएका छन् भने ३४० जना घाइते भएका छन् । गत आर्थिक वर्षमा २७१ वटा सवारी दुर्घटना हुँदा १३२ को मृत्यु भएको थियो भने ५२९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट