
फाल्गुन १३,नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । त्यसैअनुसार देशका विभिन्न स्थानमा पर्यटकहरुको मनोरञ्जन र बसाई लम्बाउन विभिन्न गतीविधी र पूर्वाधहरु तयार हुँदै छन् ।
भक्तपुरमा पनि स्वदेशी तथा बाह्य पर्यटहरु माझ लोकप्रिय प्याराग्लाईडिङको परिक्षण उडान शनिबार सफल भएको छ ।
शनिबार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ८ वटा परिक्षण उडान गरिएको गुण्डु इन्टरनेशनल प्याराग्लाइडिङ प्रालिका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिएका छन् ।
परिक्षण सफल भएसँगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईंले बताए ।
रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाइडिङ गुण्डुमा उतारिएको थियो ।
रानीकोटबाट प्याराग्लाईडिङ गर्दा भक्तपुरको रमणीय दृश्यका साथै पाइलबाट आश्रम, डोलेश्वर महादेव, अन्नतलिङ्गेश्वर, हिमालको मनोरम दृश्यालोकलन गर्न सकिन्छ ।
जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केही समयअघि गुण्डु इन्टरनेस्नल प्याराग्लाइडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो ।
परिक्षण उडान सफल भएपछि व्यवसायीक उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिने कम्पनीले जनाएको छ ।
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार