
फाल्गुन १३,नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । त्यसैअनुसार देशका विभिन्न स्थानमा पर्यटकहरुको मनोरञ्जन र बसाई लम्बाउन विभिन्न गतीविधी र पूर्वाधहरु तयार हुँदै छन् ।
भक्तपुरमा पनि स्वदेशी तथा बाह्य पर्यटहरु माझ लोकप्रिय प्याराग्लाईडिङको परिक्षण उडान शनिबार सफल भएको छ ।
शनिबार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ८ वटा परिक्षण उडान गरिएको गुण्डु इन्टरनेशनल प्याराग्लाइडिङ प्रालिका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिएका छन् ।
परिक्षण सफल भएसँगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईंले बताए ।
रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाइडिङ गुण्डुमा उतारिएको थियो ।
रानीकोटबाट प्याराग्लाईडिङ गर्दा भक्तपुरको रमणीय दृश्यका साथै पाइलबाट आश्रम, डोलेश्वर महादेव, अन्नतलिङ्गेश्वर, हिमालको मनोरम दृश्यालोकलन गर्न सकिन्छ ।
जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केही समयअघि गुण्डु इन्टरनेस्नल प्याराग्लाइडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो ।
परिक्षण उडान सफल भएपछि व्यवसायीक उडानका लागि आवश्यक प्रक्रिया पूरा गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
शुक्रबार, फागुन १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा