मेरा हरेक पाइला विकासका लागि :प्रधानमन्त्री

 

फागुन १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार काठमाडौँको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्वको क्षेत्र दहचोकमा तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले त्याग तपस्याका बाबजुत यहाँसम्म आईपुग्दा अब केवल आधुनिक राष्ट्र निर्माणमा लागि पर्ने बताए ।

भूकम्पपछिको ऐतिहासिक सम्पदाको निर्माणले तीव्र रुप लिएको दाबी गर्दै प्रधानमन्त्रीले आफुले विकासका लागी गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने स्पष्ट पारे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले परिवर्तनका लागी लुट्न सिकाउने, चन्दा असुल गर्ने प्रवृति अन्त्य हुनुपर्ने बताए । ‘मुलुकमा लुटतन्त्र, अपराधतन्त्र धेरै टिक्दैन । असल सत्कार र व्यवहारले मात्र भोलीको योग्य नागरिक बनाउन मद्धत मिल्छ ।’, प्रम ओलीले भने, ‘अहिले समाज रुपान्तरणका लागी एक भएर लाग्नुपर्छ । अब म जहाँ जान्छु विकासको लागि जान्छु । मेरा हरेक पाईला विकासको लागि जानेछन ।’

साथै उनले महोत्सवस्थल नजिक दहचोकमा रहेको पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरे ।

पुरात्वात्विक विभागले करिव १० लाख रुपैयाँको लागतमा निर्माण गरेको शालिक अनावरण कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र चन्द्रागिरिको विकासमा नगरपालिका आर्थिक सामाजिक र पर्यटकीय पुर्वाधारमा सधै योजनावद्ध रूपमा अघि बढ्ने बताए ।

कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति कालु पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ । सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा समेत यस क्षेत्रलाई सूचीकृत गरेको छ ।

यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी शर्मा कार्यक्रममार्फत् रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ मा रु ८९ लाख विनियोजन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र