January 31, 2019

ढुक्क हुनुस्, वृद्ध भत्ता ५ हजार पुग्छः मन्त्री विष्ट

१७ माघ, बेसीशहर । बेसीशहरमा आयोजित दोस्रो तामाङ महोत्सवको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने, पाँच वर्षभित्र पाँच हजार पुग्ने  बताएका छन् । मन्त्री विष्टले चुनावी प्रतिवद्धता सरकार गठन हुने वित्तिकै पुरा नहुने स्पष्ट पार्दै पाँच वर्षे योजना लिएर आफुहरु चुनावका बेला जनतामाझ गएको बताए ।

उनले अाफुले गरेका प्रतिवद्धता सबै पुरा हुने समेत स्पष्ट गरेका छन् । आगामी वर्ष सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने बताएका छन् ।विपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै मन्त्री विष्टले आफुलाई लोकतान्त्रिक पार्टी ठान्नेहरुले विधि र प्रक्रियालाई आत्मसाथ गर्न जरुरी रहेको स्पष्ट पारेका छन् ।

सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न सरकार नयाँ ढंगले अगाडि बढिरहेको बताउँदै मन्त्री विष्टले गरिब जनताको जीवनलाई एकै रातमा रुपान्तरण गर्न असम्भव रहेको बताएका छन् । सरकारले जनताको जीवनलाई समृद्ध पार्नेगरि नीति, कानुन र संरचना निर्माण गरिरहेको बताए । सडक, विद्युत, आर्थिक गतिविधि, सामाजिक सुरक्षा अभियान, देशभित्रै रोजगारी दिनेगरि विभिन्न सन्दर्भमा सरकारले काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन