माघ १२, काठमाडौं । युएई एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले शानदार जित हासिल गरेको छ । यस अघिको पहिलो खेलमा युएईसँग पराजित नेपालले आज उत्कृष्ट प्रर्दशन गर्यो । पहिलो खेलमा नेपाललाई सहजै पराजित गरेको युएई एकदिवशीय क्रिकेट श्रृंखलाको दोश्रो खेलमा चम्कन सकेन छ ।
आजको खेलमा नेपाल बलिङ र फिल्डिङ दुवैमा उत्कृष्ट रह्यो ।
आज भएको दोश्रो खेलमा नेपालले एक सय ४५ रनको फराकिलो जित हात पारेको छ । एक सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमा खुम्चियो ।
नेपाललाई जिताउन सोमपाल कामी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । सोमपालले ५ र सन्दीपले चार विकेट हात पारे । सुरुका चार ओभरमा चार विकेट लिएका सोमपालले २० औं ओभरको तेश्रो बलमा युएईको इनिङ समाप्त गरिदिए ।
सन्दीपले १५ औं ओभर बिना कुनै रन तीन विकेट हात पारे । अर्को एक विकेट सन्दीपले ९ औं ओभरमा लिए । १८ औं ओभरमा करणले रन आउट गराए ।
२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले सुरुमै दवावमा राखेको थियो ।
रोहित पौडेल र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल जितका लागि युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनायो ।
नेपालका लागि रोहीत पौडेलले ५५ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ र आरिफ शेखले २९ रनको योगदान दिए । विनोद भण्डारी र कप्तान पारस खड्काले समान २१ रन, करण केसीले १८, दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले ८ रन जोडेका थिए ।
सोमपाल कामी आजको खेलमा २ रनमै आउट हुँदा सन्दीप लामिछानेले नटआउट १४ र ललितनारायण राजवंशीले ३ रन जोडेका थिए ।
प्रतियोगितामा युएईका इमरान हाइडर र अमिर हायतले समान तीन विकेट लिए । मोहमद नाभिद, जाहोर खान, र अस्फाक अहमिदले एकरएक विकेट लिए ।
यो जितसँगै युएईविरुद्ध तीन दिवशीय श्रृंखला एक/एकको बराबरी भएको छ । अब एकदिवशीयको अन्तिम खेल सोमबार हुँदैछ । जहाँ दुवै टिम जितका लागि संघर्षरत हुनेछन् ।