काठमाडौं, माघ ७ : फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट चलाउनु हुन्छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ है।

सूचना तथा सञ्चार मन्त्रालयले फेक खाता सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ।
पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।
ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे देशको स्थिति भयावह हुनेछ, बेलैमा ध्यान जावस् भन्ने गुनासो हेलो सरकारमा गरिएको थियो।
हेलो सरकारले उक्त गुनासो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको थियो। कानुनले उक्त कुरा आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै सञ्चार मन्त्रालयमा पठाएको थियो।
‘गुनासो हेर्दा अर्काको नाममा अनावश्यक भ्रम फैलाउने कुरा गम्भीर देखिएकाले कारबाही गर्न पत्राचार गरेका हौं,’ सञ्चार मन्त्रालयका उपसचिव राजन पौडेलले भने,‘अहिले त प्रधानमन्त्रीदेखि उच्च तहका नेताका प्यारोडी एकाउन्ट छन्। एकदुई जनालाई कारबाही भए त्यसको सन्देश सबैलाई जान्छ भनेर हो।’
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र नेताहरू रामशरण महत, गगन थापालगायतका प्यारोडी एकाउन्ट चर्चित छन्।
ट्वीटरले एकाउन्टको परिचयमा प्यारोडी, फेक, फ्यान वा कमेन्ट्री भनेर स्पष्ट जनाई वास्तविक ह्यान्डलसँग हुबहु नहुने गरी एकाउन्टको नाम राखेर प्यारोडी एकाउन्ट चलाउन दिन्छ।
उपसचिव पौडेलले भने त्यसको अर्थ कसैको विषयमा भ्रम छर्न पाइने नभएको बताए।
‘कसैले कसैका बारे भ्रम फैलाउन पाउँदैन। हामीले पठाएको पत्रअनुसार महानगरीय अपराध महाशाखा टेकुले अनुसन्धान गरिरहेको छ,’ पौडेलले भने।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग