काठमाडौं , पुस ३० : चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अहिले इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
सलाइनपानी र अक्सिजन दिएर उनको उपचार भइरहेको इलाम जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रिजेन्द्रकुमार साहले जानकारी दिए।
राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा गएर डा.कसीले १६औं सत्याग्रह सुरु गरेको आज सोमबार छैठौं दिन हो।
तेस्रो दिनदेखि नै स्वास्थ्यमा समस्या देखिएका डा. केसीको अवस्था आइतबार बेलुकादेखि झनै खराब हुँदै गएपछि उनलाई सोमबार बिहान ९ बजे इलाम अस्पताल भर्ना गरिएको हो।
उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. साहले डा. केसीको स्वास्थ्य जटिल अवस्थामा रहेको बताए। डा. साहले भने, ‘डा. केसीको मुटुको चाल एकदमै अनियमित भएको छ। उहाँलाई आईसीयू आवश्यक हुने बेला भइसक्यो। तर यहाँ (इलाममा) आइसियु छैन। धरान लैजानुपर्छ।’
डा. साहका अनुसार डा. केसीमा रोगसँग लड्ने शक्ति पनि कमजोर भइसकेको छ। आफूहरू २४सै घण्टा डा. केसीको उपचारमा खटिएको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म उहाँको रगत तीनपटक जाँच्यौं, रिपोर्टले उहाँको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको देखाएका छन्।’
डा.साहका अुनसार डा. केसीको दायाँ छातीमा हावा कम भएको छ भने टन्सिल पनि बढेको छ। यसैगरी डा. केसीको नाडीको चाल पनि बेसुर भएको छ भने रक्तचाप पनि कम भएको उनले बताए। यो सबै अवस्था हेर्दा उनलाई कुनै पनि बेला आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको डा.साहले बताए।
डा. केसीकाे अभियानमा संलग्न देवराज भारद्वाजका अनुसार इलामस्थित सहरी विकास भवनमा अनशनरत डा. केसीलाई एम्बुलेन्समा राखेर चोकबजारस्थित जिल्ला अस्पताल लगिएकाे हाे।
चिकित्सकले आइतबारै बेलुका डा. केसीलाई अस्पताल जान सुझाव दिए पनि मानिरहेका थिएनन्। तर काठमाडौंबाट गएका डा.अभिषेक सिंह लगायतले सम्झाएपछि डा. केसी सोमबार बिहान अस्पताल जान सहमत भएको भारद्वाजले बताए।
भारद्वाजले भने, ‘आइतबार रातिदेखि उहाँमा नयाँ समस्या थप भएका छन्, मुटुको चाल कहिले चाँडो, कहिले ढिलो हुने भएको छ, अब उहाँ अस्पतालमै अनशनमा बस्नुहुन्छ।’
संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि त्यही दिन अपराह्नदेखि उनी १६औं अनशनमा बसेका हुन्।
तेस्रो दिनदेखि नै उनको स्वास्थ्यमा समस्या देखापरेको थियो। छाती दुख्ने, पसिना आउने, रक्तचाप तथा पिसाबसम्बन्धी समस्याबाट पीडित उनलाई आइतबार बेलुकादेखि घाँटी दुख्ने, श्वासप्रश्वास तथा मुटुको चालमा गडबडी हुने नयाँ समस्या थपिएका हुन्।
यता सरकारले भने डा. केसीको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेको छ। डा. केसीका धेरैजसो माग पूरा भएको पनि सरकारले दाबी गरिरहेको छ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन