प्रधानसेनापति थापा भारत प्रस्थान !

२७ पौष , काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका क्रममा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति थापा सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन्।

भारतीय सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा सेनापति थापा भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। भारत भ्रमणका क्रममा प्रधानसेनापतिले थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। सेनापति थापा माघ दुई गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उहाँलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए। प्रधानसेनापतिको नियुक्तिपछि पहिलो पटक हुन लागेको भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई  शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम  छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो