वाइडबडि खरिदमा मेरो कुनै भूमिका छैनः पर्यटनमन्त्री अधिकारी

5c32e6f8da1ac190107112820

पुस २३, काठमाडौँ । वाइडबडि प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका पर्यटनमन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै वाइडबडि विमान खरिदमा आफ्नो नाम जोडेर बद्नाम गर्न खोजिएको दाबी गरे ।

लेखा समिति अन्तर्गतको उपसमितिले तयार गरेको प्रतिवेदनमा मन्त्री अधिकारीलाई पनि दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।

सोही विषयमा जवाफ दिन सोमबार पत्रकार सम्मेलन गरेका मन्त्री अधिकारीले महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको जानकारी गराए ।

‘म पर्यटनमन्त्रीमा नियुक्त हुनुअगावै वाइडबडी विमान खरिद गर्ने सबै प्रक्रिया अगाडी बढेको थियो । त्यसैले यसको खरिद तथा अनियमिततामा मेरो कुनै भूमिका छैन’, मन्त्री अधिकारीले भने, ‘तर अनावश्यक रुपमा त्यसमा मलाई जोड्ने काम भयो, त्यसमा दुःख लागेको छ।’

साथै उनले अख्तियार प्राप्त सबै निकायलाई कानून बमोजिम पारदर्शि र निष्पक्ष ढंगले विस्तृत रुपमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन पनि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली