January 6, 2019

सञ्चलालको हत्या बम्जनको आश्रममै भएको हुनसक्ने आशंका

 

 

२१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो ।

बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘हामीले शुक्रबारदेखि आश्रमभित्र अनुसन्धान सुरु गरेका छौं । केही शंकास्पाद सामग्रीहरु फेला परेको छ’ जिल्ल्ाा प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान अझै जारी रहने छ ।’

एसपी मरासिनीका अनुसार बम्जनको आश्रममा रहेका अनुयायीसँग सोधपुछ जारी छ ।

खाल्डोमुनी नुनको प्याकेट भेटियो

आश्रमबाट बेपत्ता भएका भनिएका सञ्चलाल वाइबाको आफन्तको दाबी छ कि उनको आश्रमभित्र हत्या भएको थियो र छिटो शव सडाउन २२ प्याकेट नुन प्रयोग भएको थियो ।

प्रहरीले आश्रमको उत्तरतर्फ करिब ३ सय मिटर नजिकै खोजतलास गर्दा खोलिएको नुनुको नौ प्याकेट खोल बरामद भएको छ । ‘हामीलाई आएको सूचनाकै आधरामा केही स्थानमा खनेर हेर्दा माटो पनि केही कमलो थियो र चार फिट खन्दा नुनुको नौ प्याकेटको खोल भेटिएको छ’, अनुसन्धानमा खटिएको प्रहरी टोलीले भन्यो ।

सञ्चलाल परिवारको दाबी सही हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । ‘नुनको प्याकेट पनि बिचबाट च्यातिएकाले पनि शंका गर्नै धेरै ठाउँ छ’, अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शव अन्यत्रै लगिएको हुनसक्छ

प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । ‘हामीले सबै खनेर हेरेका छौं । सानो हडडी कुहिए पनि ठुला हडडी भेटिनु पर्ने हो तर, त्यो भेटिएन’ एक अधिकारीले भने ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सञ्तलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्छ ।

१५ चैत २०७१ सम्म परिवारको सर्म्पकमा रहेका सञ्चलालले त्यही दिन साँझ छोरा महेन्द्रसँग फोनमा कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बम्जनको शिविरमा रहेको र भोलि घर आउने बताएका थिए तर, घर आएनन् ।

अन्यत्र कतै होला भनेर खोजी नगरेको वाइबाको परिवारले जानकारी दिएका छन् । लामो समयसम्म पनि सम्र्पकमा नआएको र आश्रममा बस्ने आनीहरुले बाबुको हत्या भएको भन्ने सूचना दिएपछि खोजी गरेको महेन्द्रले बताए ।

सञ्चलाल परिवारको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति दिएर आश्रममा छापा मारेको छ ।

८० रोपनी क्षेत्रफल, सामान्य आश्रम

इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्के जंगलमा रहेको बम्जनको आश्रम सदमुकाम चौताराबाट ४ घण्टा लाग्छ । बाँडेगाउँको स्थानीय हबेलीसम्म सडक पुगेपनि बम्जनको आश्रम सम्म पुग्न आधा घण्टा पैदल हिड्न पर्छ ।

थलडाँडाबाट आधा घण्टा ओरालो लागेपनि जंगलको बिचमा रहेको बम्जनको आश्रममा पुगिन्छ । जंगलको बिचमा वरिपरी काँडेतारले घेरिएको बम्जनको आश्रम सामान्य छ । श्रममा साना ठुला आठ वटा जस्ताको टहरो बनाइएको छ ।

८० रोपनी क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ । आश्रम व्यवस्थापन समितिका अध्यक्ष विदुर तामाङले सहयोगीहरुले जग्गा निःशुल्क दान दिएको बताए ।

आश्रममा सार्वसाधारणलाई प्रवेश अनुमति नभएको आसपासमा भेटिएका स्थानीयले बताए । ‘व्यवस्थापन समितिमा भएकाहरु पनि अनुमति लिए मात्र प्रवेश गर्न पाउँछन्, अन्यलाई अनुमती छैन’ आश्रम बाहिर रहेका एक स्थानीयले भने ।

भूकम्पपछि बम्जन आएका छैनन्

२०७२ बैशाखमा भूकम्प जाँदा बम्जन बाडेगाउँकै आश्रममा थिए । तर भूकम्प गएको केही महिनापछि बम्जनले आश्रम छाडेको स्थानीयले जानकारी दिएका छन् । बम्जन सिन्धुलीमा रहेको आश्रममा गएको स्रोतको दाबी छ ।

अनलाइनबाट साभारगरिएको ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष