वरिष्ठ न्यायाधीश जोशीमाथि प्रधानन्यायाधीशको एक्सनः भने, भविष्यमा पनि पेशी तोक्दिन

 

पुस १८, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ लिएकै दिनमा पहिलो एक्सन लिएका छन् । उनले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कुनै पेशी तोक्न नदिने भएका छन् ।

बुधबार पदभार ग्रहणपछि  कुराकानीमा राणाले  जोशीको पेशी नतोकिएको र भविष्यमा पनि नतोकिने स्पष्ट पार्दै जोशीलाई राजीनामा दिन सुझाए ।  ‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन’, उनले भने । 

प्रधानन्यायाधीश राणाले वरिष्ठ न्यायाधीश जोशीलाई अदालतलाई बन्धक नबनाउन तथा विवादमा नपारी निकास दिन आग्रह गरे । साथै राणाले न्यायप्रतिको आस्था मर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा प्रश्न उठेकाले आफूले गम्भीर निर्णय लिएको प्रधानन्यायाधीशले जानकारी गराए ।

न्याय परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस जोशी संसदीय सुनुवाइबाट अस्विकृत भएका थिए।

ओमप्रकाश मिश्रले मंगलबारबाटै अवकाश लिएपछि ६७ वर्ष पुरानो इतिहास बोकेको सर्वोच्चको नेतृत्व अब राणाले सम्हाल्दैछन्। उनी अब करिब ४ वर्षसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन