
काठमाडौं– वङ्गालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा बनेको चक्रवातको असरले नेपालको मौसममा परिवर्तन आएको छ ।
जसका कारण नेपालको पूर्वी तथा मध्यभागमा भागमा मंगलबार विहान हल्का वर्षा भएको छ । साथै पूर्वका उच्च हिमाली भेगमा हिमपात भएको हुनसक्ने जलतथा मौमस विज्ञान विभागले जनाएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार चक्रवातको असरको प्रभावले झापा, मोरङ, सुनसरी,तेह्रथुम, धनकुटा लगायतका जिल्लामा मंगलबार बिहान ४ मिलिमिटर पानी परेको छ ।
त्यस्तै ति जिल्लाको तापक्रम पनि घटेको छ । आज सवैभन्दा कम तापक्रम जुम्ला जिल्लाको मापन गरिएको विभागले जनाएको छ । जुम्लामा आज बिहान माइनस ४ डिग्री सेल्सियस पुगेको छ ।
विभागले बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ अवतरण भैसके पनि त्यसको प्रभाव पुर्वी नेपालबाट सुरु भएर पश्चिमतर्फ गइरहेको जनाएको छ ।
विभागका अनुसार मङ्गलबार बेलुकाबाट मौसममा सुधार आउनेछ ।
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति