December 17, 2018

देशभर जाडो बढ्यो,काठमाडौंको तापक्रम २ डिग्री

मोरङ । सोमबार बिहानदेखि देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकामा समेत जाडो ह्वात्तै बढेको छ । सोमबार विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक प्रभावका कारणले नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद प्रधानांगले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ । यता तराई क्षेत्रमा समेत बिहानैदेखि चिसो बढेको छ ।

बिहानदेखि घाम देखापरेको छैन भने चिसो धेरै बढेको छ । तराई क्षेत्रका केही जिल्लामा हुस्सु समेत लागेको छ । अन्य दिनको तुलनामा चिसो हवात्तै बढेको स्थानीय बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन