December 17, 2018

देशभर जाडो बढ्यो,काठमाडौंको तापक्रम २ डिग्री

मोरङ । सोमबार बिहानदेखि देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकामा समेत जाडो ह्वात्तै बढेको छ । सोमबार विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक प्रभावका कारणले नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद प्रधानांगले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ । यता तराई क्षेत्रमा समेत बिहानैदेखि चिसो बढेको छ ।

बिहानदेखि घाम देखापरेको छैन भने चिसो धेरै बढेको छ । तराई क्षेत्रका केही जिल्लामा हुस्सु समेत लागेको छ । अन्य दिनको तुलनामा चिसो हवात्तै बढेको स्थानीय बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र