मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

 

मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत
 
काठमाडौँ, मंसिर २१ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । ६ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम ९एनआरटी० अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ ।

छैटौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङ्लाई थ्री स्टारले पच्छ्याइरहेको छ ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले ६÷६ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छ । उपाधि दाबेदार क्लब मनाङ मस्र्याङ्दीले अहिलेसम्म सबै ६ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् ।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मी भन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ ।

गोलको खोजीमा मछिन्द्र

लिगमा झण्डै आधा खेल खेलिसकेका दुई क्लब जितविहीन छन् । त्यसमा पनि एउटा क्लबले अहिलेसम्म गोल गर्न सकेको छैन । एनआरटी र मछिन्द्रले अहिलेसम्म जितको स्वाद पाएका छैनन् । मछिन्द्रले त गोल समेत गर्न सकेको छैन ।

६ खेल खेल्दा मछिन्द्रले तीन खेल बराबरी गरेको छ । तीनवटैमा मछिन्द्रले गोलरहित बराबरी खेल्यो । बाँकी तीन खेलमा मछिन्द्र पराजित भयो । लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम ९एनआरटी०, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रो हुने रु २५ लाख पाउनेछन् । लिगको चौंथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

हालसम्मको अङ्क तालिका

क्र।स। टोली खेल जित हार बराबर अङ्क
१ थ्री स्टार क्लब ६ ६ ० ० १८
२ मनाङ मस्र्याङ्दी क्लब ६ ५ १ ० १५
३ सङ्कटा क्लब ६ ५ १ ० १५
४ त्रिभुवन आर्मी क्लब ६ ४ ० २ १४
५ नेपाल पुलिस क्लब ६ ३ २ १ १०
६ हिमालयन शेर्पा क्लब ६ ३ २ १ १०
७ च्यासल युथ क्लब ६ २ ३ १ ७
८ एपिएफ क्लब ६ २ ३ १ ७
९ सरस्वति युथ क्लब ६ २ ४ ० ६
१० फ्रेन्ड्स क्लब ६ १ ३ २ ५
११ जावलाखेल युथ क्लब ६ १ ४ १ ४
१२ ब्रिगडे ब्वाइज क्लब ६ १ ४ १ ४
१३ मछिन्द्र क्लब ६ ० ३ ३ ३
१४ न्युरोड टीम ९एनआरटी० ६ ० ५ १ १
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार