अमेरिकाका पूर्व राष्ट्रपतिको निधन

 

अमेरिकाका पूर्व राष्ट्रपतिको निधन
 
 

वासिङटन, मङ्सिर १५ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उहाँका आफन्तले जानकारी दिएका छन्।

अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उहाँका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति हुनुभएको थियो । पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताउनु भएको छ । उहाँले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गर्नु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उहाँको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो । अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा उहाँले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गर्नु भएको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या