मंसिर १३,काठमाडौं : भोलि (शुक्रबार) देखि सुरु हुने एशिया प्यासिफिक समिट २०१८मा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आइपुगेका छन् । अन्य अतिथिहरु पनि धमाधम काठमाडौं आइपुग्दैछन् । आज काठमाडौं आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री र म्यान्मारका स्टेट काउन्सिलर विश्व चर्चित व्यक्तित्वका रुपमा चिनिन्छन् ।

म्यान्मारकी स्टेट काउन्सिलर सुकी नेशनल लिग फर डेमोक्रेसकी नेतृ हुन् । उनले म्यान्मारमा प्रजातन्त्रका लागि खेलेको भूमिकाका लागि सन् १९९१मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । उनलाई तत्कालीन सैनिक शासनले लामो समय जेल राखेकोमा सन् २०१० मा रिहा गरेको थियो । उनी सन् २०१५को निर्वाचनमा विजयी पनि भइन् । उनलाई एकताका मानवअधिकारको पर्यायको रुपमा समेत लिइन्थ्यो । तर, पछिल्लो समय उनीसमेत रहेको सरकारले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि गरेको ज्यादतीका कारण उनी विश्वभर नै आलोचित छिन् । कतिपय अन्तर्राष्ट्रिय कार्यक्रममा उनलाई निम्तो दिनसमेत छोडिएको छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसलनले उनलाई मानवअधिकार सम्बन्धी अवार्ड दिएकोमा सो अवार्डसमेत हालै फिर्ता गरेको थियो । उनी विगतमा पनि पटकपटक नेपाल आएकी थिइन् । रोहिंग्यामाथि भएको ज्यादतीको बारेमा अन्तर्राष्ट्रिय निकायले जारी गरेको प्रतिवेदनमा अहिलेको म्यान्मार सरकारलाई कडा आलोचना गरेको पाइने गरेको छ । केही रोहिंग्या शरणार्थी नेपालमा पनि बस्दै आएका छन् ।
आजै नेपाल आइपुगेका क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन विश्वकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रधानमन्त्रीका रुपमा चिनिन्छन् । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सेप्टेम्बर महिनामा संयुृक्त राष्ट्रसंघको महासभामा गएका बेलामा न्यूयोर्कमा नै भेटेका थिए । त्यही बेला नै प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका उनी सन् १९८५ देखि क्याम्बोडियामा निरन्तर प्रधानमन्त्री छन् । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि उनी चर्चित थिए । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् ।
आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने गुण भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ । तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालीयन कमाण्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप पनि लाग्ने गरेको छ । खमेरुज पराजित भएपछि सन् १९७९मा भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइएका थिए । सञ्चारमाध्यम र विपक्षीमाथिको नियन्त्रणको आरोप उनी खेपिरहेका छन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन