यसरी अवतरण गर्‍यो मंगल ग्रहमा नासाको अन्तरिक्षयान

मंसिर ११ : मंगल ग्रहको विस्तृत अध्ययनका लागि नासले पठाएकाे अन्तरिक्ष यान ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहमा सफल अवतरण गरेकाे छ। नेपाली समयअनुसार साेमबार मध्यराति ‘इनसाइट ल्याण्डर’ मंगलमा अवतरण गरेकाे हाे।

images_cms-image-000062268

मंगलबारे अध्ययन गर्न नासाले करिब ७ महिना अघि मे ५ तारिखमा याे अन्तरिक्ष यान प्रक्षेपण गरेकाे थियाे।

४५ दशमलब ८ करोड किलोमिटर दूरी पारगर्दै ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहको जमीन ‘एलिसियम प्लानिसिया’मा सोमबार अवतरण गरेको हो। रातो ग्रह मंगलको भूमध्य रेखा नजिकै रोवोटिक यान अवतरण गरेको छ।

याे यानले मंगल ग्रहको जमिनको भित्री भागमा लुकेका सुक्ष्म जानकारी दिने काम गर्नेछ। मंगलबार उक्त यानले पृथ्वीमा आफूले काम गर्न तयार भएको सन्देश पठाएको नासाले जनाएको छ। 

सूर्यको किरण प्राप्त गर्न रोवाटिक यानले आफ्नो सोलर प्यानल फिजाएको छ। जसले यानलाई उर्जा प्रदान गर्दछ।

नासाका इनसाइट प्रोजेक्ट म्यानेजर टोम हामम्यानले भने,‘अब इनसाइट रोवोटिक यानले ढुक्कसँग काम गर्नेछ। यतिबेला ब्याट्री रिचार्ज भइरहेको छ।’

मंगल ग्रहबारे १० तथ्य

१. हाम्रो सौर्य मण्डलमा ग्रहको कुरा गर्ने हो भने मंगल ग्रह सूर्यभन्दा १४ दशमलब २ करोड माइल टाढा छ। पृथ्वी सूर्यभन्दा ९ दशमलब ३ करोड माइल टाढा छ। पृथ्वी सूर्यभन्दा टाढा हुने ग्रहको तेस्रो ग्रहमा पर्दछ भने मंगल चौथौ ग्रह पर्छ।

२. पृथ्वी मंगल ग्रहभन्दा झण्डै दोब्बरले ठूलो ग्रह हो। पृथ्वीको व्यास ७ हजार ९ सय २६ माइल छ भने मंगलको व्यास ४ हजार २ सय २० माइल रहेको छ। तर वजनको हिसागर्दा मंगल ग्रह पृथ्वीभन्दा दश गुणाले बढी छ।

३. मंगल ग्रहले सूर्य परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। यसको मतलब यसले सूर्य परिक्रमा पुरा गर्न पृथ्वीभन्दा दुईगुणा समय लगाउँछ। पृथ्वीमा ३ सय ६५ दिनमा एकवर्ष हुन्छ भने मंगल ग्रहको ६ सय ८७ दिनलाई एकवर्ष गनिन्छ।

४. मंगल ग्रहमा एक दिन २४ घण्टा ३७ मिनेटको हुन्छ। जसलाई सोलार डे भनिन्छ।

५. मंगल ग्रहमा शरीर कपाउने जाडो, धुलोले भरिएको आँधी अनुभव गर्न सकिने वैज्ञानिक बताउँछन्। जाडो, आँधीजस्ता हावापानी पृथ्वीभन्दा बढी मंगल ग्रहमा सक्रिए छन्। भौगोलिक स्थिति राम्रो भएका कारण मंगल ग्रहमा जीवनको आशा गरिन्छ।

६. पृथ्वीमा जस्तै मंगल ग्रहमा चार ऋतुहरु छन्। तर पृथ्वीमा वर्षमा मात्र एक पटक सक्रिय ऋतु मंगलमा वर्षमा दुई पटक देख्न सकिन्छ।

७. पृथ्वी र मंगल ग्रहको गुरुत्वाकर्षण शक्ति अलग छन्। यहाँ सय पाउण्डको वजन भएको मानिस मंगलमा ३८ पाउण्डको हुन्छ।

८. मंगल ग्रहमा २ चन्द्रमा छन्। फाबोस जसको व्यास १३ दशमलब ८ माइल छ, डेमियोसको व्यास ७ दशमलब ८ माइल छ।

९. पृथ्वीजस्तै मंगल ग्रहको संरचनापनि चार तहमा बनेको छ।

१०. मंगल ग्रहको वातावरणमा कार्बन मोनो अक्साइडको निशानी पनि पाइएको छ। 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन