मन्त्रीपरिषदको निर्णय औपचारिकरुपमा सार्बजनिक , यस्ता छन् निर्णयहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई, भारतलगायतका देशमा राजदुत नियुक्त
 1_jVOTJIg208
2_o4vXiHWhda
3_zpEA3TfeAc
काठमाडौँ, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारका रुपमा राजन भट्टराई नियुक्त भएका छन् । मन्त्रीपरिषदको विहिबारको वैठकले भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रुपमा नियुक्त गरेको हो । वैठकले भट्टराईको मर्यादा र सुविधासमेत मन्त्रीसरह कायम गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहिबार साँझ ५ बजे बसेको मन्त्रीपरिषद वैठकले राष्ट्रिय प्राथमिकता प्राप्त अयोजनको द्रुततर निर्माण तथा विकास सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती दिने निर्णय गरेको छ ।

वैठकले भारत, अफगानिस्तान, भुटान, मलेसिया, इन्डोनेसिया, ब्रुनाई, र यूएईमा आवासिय तथा गैरावसिय राजदुत नियुक्त गरेको छ । पुर्वमन्त्री तथा पुर्वराजदुत नीलाम्बर आचार्यलाई भारतको लागि आवसिय राजदुत तथा अफगानिस्तान र भुटानका लागि गैरावसिय राजदुतमा नियुक्त गरेको छ । पुर्वराजदुत नै रहेका कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स(यूएई) का लागि आवासिय राजदुत तोकेको छ । वैठकले पुर्वराजदुत उदयराज पाण्डेलाई मलेसियाका लागि आवासिय र इन्डोनेशिया र ब्रुनाईका लागि गैरावसिय राजदुतमा नियुक्त गरेको छ ।

ईजरायलका लागि आवासिय तथा साईप्रसका लागि गैरावसिय राजदुतका रुपमा कार्यरत निरञ्जनकुमार थापालाई तीन हप्ताको म्याद दिएर फिर्ता बोलाउने समेत मन्त्रीपरिषदले निर्णय गरेको छ । त्यसैगरि उक्त रिक्त राजदुतको लागि काठमाडौँका अञ्जान शाक्यलाई सिफारिस गर्ने पनि वैठकले निर्णय गरेको छ । दक्षिण अफ्रिकाका लागि राजदूतको रुपमा काम गरिरहेका अमृतबहादुर राईलाई पनि फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । राईलाई तिन साताको समयसिमा दिई मन्त्रालयमा बोलाउने तयारी गरिएको हो ।

त्यसैगरि मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ । सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र