सूर्यको उपासना गर्दै विशेष गरी तराई-मधेशमा मनाइने छठ पर्व विधिवत् रूपमा आइतबार सुरु भएको छ।

चार दिनसम्म मनाइने छठको पहिलो दिन आज अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिन्छ।
व्रतालुले अाज शुद्ध शाकाहारी भोजन गर्छन् भने घरघरमा माछामासु लसुन, प्याज, कोदो, मसुर लगायत वस्तु निषेध गर्छन्।
दोस्रो दिन खरना गरिन्छ भने तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।
छठ पर्वका बेला गरिने सूर्य उपासनाले सन्तान सुख, निरोगी, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।
साथै छठ पर्वलाई सत्य र अहिंसाको भावना वृद्धि तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा पनि लिइन्छ।
सूर्यलाई आदि देवता पनि भनिन्छ। मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्र्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ।
पहिले तराई क्षेत्रमा मात्र मनाइने छठ विस्तारै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि फैलँदै गएको छ।
छठ पर्वका लागि अहिले मिथिला क्षेत्र, जनकपुर, विराटनगर, वीरगञ्ज लगायतका स्थानमा नदी ताल तलैया दुलही झैं सिंगारिएका छन्।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन