अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको जन्मजात अथवा जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन हटाउनका लागि एक विशेष अध्यादेश ल्याउने बताएका छन् । कानुनले अमेरिकामा जन्मिने हरेक नागरिकलाई अमेरिकाको नागरिक मान्दछ । अवैध ढंगले अमेरिका प्रवेश गर्ने शाह्य मुलुकका अमेरिकामा जन्मिने बच्चालाई नागरिकता दिन नहुने ट्रम्पको भनाइ छ ।
के कानुन परिवर्तन गर्न सहज होला ?
अमेरिकामा दुई दिन अघि राष्ट्रपति ट्रम्पले अमेरिकाको बर्थराइट सिटिजनसिप अर्थात जन्मसिद्ध नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्ने अभिव्यक्ति दिएपछि नयाँ सिराबाट बहस शुरू भएको छ ।
अहिले विद्यमान कानुनतः बुवाआमा अवैध रुपमा बसिरहेका भएपनि अमेरिकामा जन्मिने बच्चालाई अमेरिकी नागरिक मानिन्छ । तर आप्रवासी विरुद्ध कडा रबैया अपनाउँदै आएका राष्ट्रपति ट्रम्पले उक्त नागरिकताको कानुन परिवर्तन गर्नका लागि एक विशेष अध्यादेश ल्याउने अभिव्यक्ति दिएका छन् ।
राष्ट्रपति ट्रम्पको उदेश्य अवैध ढंगबाट अमेरिका प्रवेश हुने आप्रवासीका बच्चालाई अमेरिकाको नागरिकता नदिने रहेको छ । उनको यो अभिव्यक्तिलाई धेरैले चुनावी फाइदा उठाउनका लागि चालिन लागिएको कदम भनिरहेका छन् । ६ नोभेम्बरमा अमेरिकामा कांग्रेस र सीनेटका लागि निर्वाचन हुन गइरहेको छ ।
अमेरिकी संविधानमा सन् १८६८ मा गरिएको १४ औं संशोधनले अमेरिकाभित्र अमेरिकी कानुनको दायरमा आउने सबैलाइ अमेरिकी नागरिक मानेको छ । तर उक्त कानुनमा गैरकानुनी रुपमा अमेरिका भित्रिएका आप्रवासीका अमेरिकामै जन्मिने बच्चालाई अमेरिकी नागरिक मान्ने कि नमान्ने भन्ने बारेमा स्पष्ट छैन् ।
यद्यपि अधिकांश मानुन व्यवसायीहरु गैरकानुनी आप्रवासीका अमेरिकामा जन्मिने बच्चलाई मौजुदा कानुनले अमेरिकी नागरिक मान्ने दाबी गर्दछन् । अहिले अमेरिकासहित विश्वका ३० भन्दा बढी मुलुकहरुले आफ्नो देशमा जन्मिने हरेक बच्चालाई आफ्नो मुलुकको नागरिकता प्रदान गर्दै आएको छ । बीबीसी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष