पोखरा पल्टनलार्इ रोमाञ्चक खेलमा पराजित गर्दै धनगढीले धनगढी ब्लुजले पोखरा प्रिमियर लिगको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलार्इ २ विकेटले पराजित गरेको छ।
पोखराले दिएको १ सय ४६ रनको लक्ष्य धनगढीले अन्तिम बल बाँकी छदैँ ८ विकेट गुमाएर भेटायो। धनगढीका पिटर ट्रेग्रोले ५३ रनको अर्धशतकीय पारी खेले। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।
यस्तै कप्तान दीपेन्द्रसिंह एेरीले नटअाउट ४९ रनको पारी खेले। २६ बल खेलेका दीपेन्द्रले ४ चौका र ४ छक्का प्रहार गरे। अन्तिम बल बाँकी रहँदा चौका प्रहार गर्दै दीपेन्द्रले धनगढीका लागि विजयी रन बटुलेका थिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो।
कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि पोखरा सो स्कोरमा रोकिएको छ। पोखराका रोहितकुमार पौडेलले २१ बलमा ३१ रन जोडे। उनले ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै पोखराका रविइन्दर सिंहले २८, आसिफ सेखले २३, शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन जोडे। यस्तै रासिद खानले नटअाउट १५ रनको पारी खेले।
धनगढीका कमलले ४ ओभरको स्पेलमा एक ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए। यस्तै उसका पिटर ट्रेगो, डेविड लवारेन्स र रविन क्षेत्रीले समान १–१ विकेट लिए।
जितसँगै धनगढीले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समुह चरणका सबै खेल खेलिसक्दा धनगढीको ६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। समान चार अंक रहेका पोखरा र चितवन दोस्रो तथा तेस्रो स्थानमा छन्।
खेलको नियमानुसार शीर्ष तीन टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। समुहको शीर्षमा रहने टोली सिधैँ फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोली इलिमेनेटर खेल्नेछ। इलिमेनेटरको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन