पीपीएल : पोखरा पल्टन २ विकेटले पराजित , धनगढी ब्लुजको दोस्रो चरणको सम्भावना बलियो

पोखरा पल्टनलार्इ रोमाञ्चक खेलमा पराजित गर्दै धनगढीले धनगढी ब्लुजले पोखरा प्रिमियर लिगको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलार्इ २ विकेटले पराजित गरेको छ।

पोखराले दिएको १ सय ४६ रनको लक्ष्य धनगढीले अन्तिम बल बाँकी छदैँ ८ विकेट गुमाएर भेटायो। धनगढीका पिटर ट्रेग्रोले ५३ रनको अर्धशतकीय पारी खेले। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै कप्तान दीपेन्द्रसिंह एेरीले नटअाउट ४९ रनको पारी खेले। २६ बल खेलेका दीपेन्द्रले ४ चौका र ४ छक्का प्रहार गरे। अन्तिम बल बाँकी रहँदा चौका प्रहार गर्दै दीपेन्द्रले धनगढीका लागि विजयी रन बटुलेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो।

कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि पोखरा सो स्कोरमा रोकिएको छ। पोखराका रोहितकुमार पौडेलले २१ बलमा ३१ रन जोडे। उनले ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै पोखराका रविइन्दर सिंहले २८, आसिफ सेखले २३, शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन जोडे। यस्तै रासिद खानले नटअाउट १५ रनको पारी खेले।

धनगढीका कमलले ४ ओभरको स्पेलमा एक ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए। यस्तै उसका पिटर ट्रेगो, डेविड लवारेन्स र रविन क्षेत्रीले समान १–१ विकेट लिए।

जितसँगै धनगढीले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समुह चरणका सबै खेल खेलिसक्दा धनगढीको ६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। समान चार अंक रहेका पोखरा र चितवन दोस्रो तथा तेस्रो स्थानमा छन्।

खेलको नियमानुसार शीर्ष तीन टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। समुहको शीर्षमा रहने टोली सिधैँ फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोली इलिमेनेटर खेल्नेछ। इलिमेनेटरको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र