आइपिएल : टिमहरुले खेलाडी साटफेर सुरु गरे , सन्दिप कुन टिममा ?

 संसारकै सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलका टिमहरुले खेलाडी साटफेर सुरु गरेका छन् । साटफेरको क्रममा सनराइजर्स हैदराबादकास्टार ब्याट्सम्यान शिखर धवन दिल्ली डेयरडेभिल्स आउने भएका छन् । यसको बदलामा दिल्लीले आफ्ना तीन खेलाडी सनराइजर्सलाई दिनेछ । शिखर धवन ११ वर्षपछि दिल्ली फर्किन लागेका हुन् । आइपिएलको पहिलो सिजन २००८ मा दिल्लीबाट खेलेका धवन अर्को सिजन मुम्बइ गएका थिए । त्यसपछि डेकन चार्जर्स पुगेका धवन सनराइजर्स फ्रेन्चाइज स्थापना भएदेखि नै त्यसमा आबद्ध छन् । 

दिल्लीले विजय शंकर, सहवाज नदिम र अभिषेक शर्मा हैदराबादलाई दिनेछ । अघिल्लो आइपिएल अक्सनमा ५.२ करोड मूल्य पाएका धवनको सट्टामा ३.२ करोड मूल्यका दुई खेलाडी विजय शंकर, सहवाज नदिम र ५५ लाखका अभिषेक शर्मा हैदराबाद जानेछन् । यी तीन खेलाडीको मूल्यमा धवनको मूल्य घटाउँदा बाँकी रहने रकम हैदराबादले दिल्लीलाई दिनेछ । 

आइपिएलको आगामी सिजनका लागि रोयल च्यालेन्जर्स बैंगलोरले दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्म्यान क्विन्टन डिककलाई मुम्बइलाई बेचेको छ । बैंगलोरले नै मन्दिप सिंह पंजाबलाई दिएर अस्ट्रेलियन अलराउण्डर मार्र्कुुस स्टोइनिसलाई लिएको छ । आइपिएल २०१९ को अक्सन १६ डिसेम्बरमा हुँदैछ । त्यसअघि फ्रेन्चाइजहरुले अन्य खेलाडीहरु पनि साटफेर वा किनबेच गर्न सक्नेछन् । 

आइपिएल अक्सनअघिसम्म नेपाली बलर सन्दिप लामिछाने पनि दिल्ली डेयरडेभिल्समै छन् । दिल्लीले चाहेमा उनलाई पनि बेच्न सक्छ तर अहिलेसम्म यस विषयमा कुनै निर्णय भइसकेको छैन । आइपिएल सकिएपछि पनि दिल्लीले सदिपको प्रदर्शनको प्रशंशा गर्दै सामाजिक संजालमा पोस्ट गरिरहेको छ । यही कारण दिल्लीले सन्दिपलाई छाड्न नचाहेको बुझिन्छ । यद्यपि एक टिमले ३ खेलाडी मात्र रिटेन गर्न पाउने भएकोले दिल्लीले उनलाई अक्सनअगाडि नै रिटेन भने नगर्न सक्छ । 

दिल्लीले रिटेन नगरेमा आगामी १६ डिसेम्बरमा हुने अक्सनमा सन्दिप पनि लिलाम हुने खेलाडीमा हुनेछन् । अघिल्लो वर्षको अक्सनमा एसोसिएट खेलाडीको समूहमा रहेका सन्दिप यो अक्सनमा भने क्याप्ड खेलाडीको सूचीमा हुनेछन् किनकि सन्दिपले राष्ट्रिय टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । लिलामीमा सन्दिपका लागि सबैभन्दा धेरै मूल्य जुन टिमले लगाए पनि त्यही उच्चतम मूल्यमा नबढी दिल्लीले किन्न भने सक्छ । राइट टु म्याच नामको यो सुविधा प्रयोग गरी गत सिजनमा अफगानी बलर राशिद खानलाई हैदराबादले किनेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली