संसारकै सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलका टिमहरुले खेलाडी साटफेर सुरु गरेका छन् । साटफेरको क्रममा सनराइजर्स हैदराबादकास्टार ब्याट्सम्यान शिखर धवन दिल्ली डेयरडेभिल्स आउने भएका छन् । यसको बदलामा दिल्लीले आफ्ना तीन खेलाडी सनराइजर्सलाई दिनेछ । शिखर धवन ११ वर्षपछि दिल्ली फर्किन लागेका हुन् । आइपिएलको पहिलो सिजन २००८ मा दिल्लीबाट खेलेका धवन अर्को सिजन मुम्बइ गएका थिए । त्यसपछि डेकन चार्जर्स पुगेका धवन सनराइजर्स फ्रेन्चाइज स्थापना भएदेखि नै त्यसमा आबद्ध छन् ।
दिल्लीले विजय शंकर, सहवाज नदिम र अभिषेक शर्मा हैदराबादलाई दिनेछ । अघिल्लो आइपिएल अक्सनमा ५.२ करोड मूल्य पाएका धवनको सट्टामा ३.२ करोड मूल्यका दुई खेलाडी विजय शंकर, सहवाज नदिम र ५५ लाखका अभिषेक शर्मा हैदराबाद जानेछन् । यी तीन खेलाडीको मूल्यमा धवनको मूल्य घटाउँदा बाँकी रहने रकम हैदराबादले दिल्लीलाई दिनेछ ।
आइपिएलको आगामी सिजनका लागि रोयल च्यालेन्जर्स बैंगलोरले दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्म्यान क्विन्टन डिककलाई मुम्बइलाई बेचेको छ । बैंगलोरले नै मन्दिप सिंह पंजाबलाई दिएर अस्ट्रेलियन अलराउण्डर मार्र्कुुस स्टोइनिसलाई लिएको छ । आइपिएल २०१९ को अक्सन १६ डिसेम्बरमा हुँदैछ । त्यसअघि फ्रेन्चाइजहरुले अन्य खेलाडीहरु पनि साटफेर वा किनबेच गर्न सक्नेछन् ।
आइपिएल अक्सनअघिसम्म नेपाली बलर सन्दिप लामिछाने पनि दिल्ली डेयरडेभिल्समै छन् । दिल्लीले चाहेमा उनलाई पनि बेच्न सक्छ तर अहिलेसम्म यस विषयमा कुनै निर्णय भइसकेको छैन । आइपिएल सकिएपछि पनि दिल्लीले सदिपको प्रदर्शनको प्रशंशा गर्दै सामाजिक संजालमा पोस्ट गरिरहेको छ । यही कारण दिल्लीले सन्दिपलाई छाड्न नचाहेको बुझिन्छ । यद्यपि एक टिमले ३ खेलाडी मात्र रिटेन गर्न पाउने भएकोले दिल्लीले उनलाई अक्सनअगाडि नै रिटेन भने नगर्न सक्छ ।
दिल्लीले रिटेन नगरेमा आगामी १६ डिसेम्बरमा हुने अक्सनमा सन्दिप पनि लिलाम हुने खेलाडीमा हुनेछन् । अघिल्लो वर्षको अक्सनमा एसोसिएट खेलाडीको समूहमा रहेका सन्दिप यो अक्सनमा भने क्याप्ड खेलाडीको सूचीमा हुनेछन् किनकि सन्दिपले राष्ट्रिय टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । लिलामीमा सन्दिपका लागि सबैभन्दा धेरै मूल्य जुन टिमले लगाए पनि त्यही उच्चतम मूल्यमा नबढी दिल्लीले किन्न भने सक्छ । राइट टु म्याच नामको यो सुविधा प्रयोग गरी गत सिजनमा अफगानी बलर राशिद खानलाई हैदराबादले किनेको थियो । एजेन्सी
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष