भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा जापान र भारतको सम्बन्ध निकै गाढा देखिएको छ । संकेत यस्तो देखिएको छ कि आगामी दिनमा पनि यी दुई राष्ट्रबीचको सम्बन्ध अझ सुमधुर हुन सक्छ । खासगरी यी दुई राष्ट्र अफ्रिकामा संयुक्त रुपमा लगानी गर्न चाहन्छन् ।
प्रधानमन्त्री मोदीले भारत—जापान १३ औं वार्षिक शिखर सम्मेलन अन्तर्गत आफ्नो दुईदिने जापान भ्रमणको अन्तिम दिन २९ अक्टोबर २०१८ मा टोकियोमा आयोजित एक गोष्ठीमा बोल्दै दुवै देश अफ्रिका र अन्य स्थानमा पनि ठोस विकासका लागि संयुक्त लगानी गर्न इच्छुक रहेको जनाएका थिए । हुनत यो कुनै नयाँ घोषणा होइन । प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री शिंजो आबेले यो योजना को सन् २०१६को भेटवार्ताका क्रममा पहिलो पटक घोषणा गरेका थिए ।
जवाहरलाल नेहरु विश्वविद्यालयका स्कूल अफ इन्टरनेसनल स्टडीजका प्राध्यापक स्वर्ण सिंह भन्छन्,‘मे २०१७मा उद्घाटन गरिएको अफ्रो —एशियाली ग्रोथ करिडोरको पूर्वाधार र कनेक्टिभीटीका लागि रणनीतिक तथा व्यापारिक साझेदारीमा दुवै देशले ध्यान दिएका छन् ।
यो कुरालाई ख्याल गर्न लागिएको छ —चीन अफ्रिकामा यति तीव्र ढंगले लगानी गरिरहेको छ कि त्यहाँ अरुलार्ई मुकाबिला गर्न गाह्रो भइरहेको छ । भारत र जापान अहिले एक्लाएक्लै अफ्रिकामा चीनसँग मुकाबिला गरिरहेका छन् । तर, चीनको लगानी निस्तेज गर्न दुवै असफल रहेका छन् ।
चीनको अफ्रिकामा अहिले सम्म ७० अर्ब डलरको लगानी रहेको छ । जबकी भारतले पछिल्ला २० वर्षमा ५६ अर्ब डलर र जापानले ३२ अर्ब डलरको लगानी गरेका छन् । तर, चीन यी दुवै राष्ट्र भन्दा धेरै अघि रहेको छ । जापानका व्यापारीको भनाइ अनुसार चीन धेरै वर्षदेखि अफ्रिकामा लगानी गरिरहेको छ । हरेक वर्ष यो लगानी उसले बढाइरहेको छ । उनका अनुसार चीन तुरुन्तातुरुन्तै फाइदा हुने गरी लगानी गरिरहेको छ ।
जापानको केयो विश्वविद्यालयमा भारतीय मूलका प्राध्यापक मुकेश विलियम्स भन्छन्, ‘‘अफ्रिका प्राकृतिक संशाधनले भरिएको छ । जहाँ सबै देशलाई लगानीका लागि अवसर छ ।’’ एक अनुमानअनुसार अफ्रिकामा अढाइ खर्ब डलरको लगानीको सम्भावना रहेको छ । अमेरिका, युरोप, भारत र चीनले अहिलेसम्म त्यहाँ २०० अर्ब डलरको लगानी गरेका छन् ।
त्यसैले, अफ्रिकामा चीनको धेरै लगानी देखेर भारत र जापानको संयुक्त लगानी योजना कामयाब होला त ? प्राध्यापक मुकेश भन्छन्, “छोटो समयमै चीनको मुकाबिला गर्न अप्ठेरो होला तर लामो समयमा भारत र जापानको प्रयासले सफलता पाउन सक्छ । उनको तर्क के छ भने चीनका अधिक लगानी तत्काल फाइदा लिन मिल्ने खालका क्षेत्रमा रहेको छ । जस्तो कि बन्दरगाह वा हवाइ अड्डा बनाउने लगायतका क्षेत्र । चीनको लगानी भएको क्षेत्रमा लाखौं अफ्रिकीलाई रोजगारी पनि प्राप्त भएको छ ।”
तर, प्राध्यापक शर्मा भन्छन्,‘‘भारत र जापानको संयुक्त लगानी मुख्यरुपमा अफ्रिकाका जनतामा गुणस्तर बढाउने तिर केन्द्रित हुनेछ । उनीहरुको जीवनलाई राम्रो बनाउन केन्द्रीत हुनेछ । त्यसको परिणाम ८ वा १० वर्ष सम्ममा देखिनेछ ।”
यसकारण भारत र जापान शिक्षा, सीप विकास, स्वास्थ्य, चिकित्सा तथा आइटीको क्षेत्रमा लगानी गर्ने योजना बनाइरहेका छन् । जापानले अहिलेसम्म अफ्रिकामा ३२ अर्ब डलरको लगानी गरेको छ । जसको अधिकांश लगानी स्वास्थ्य र शिक्षाको क्षेत्रमा छ ।
भारत र जापानको मोडल र चीनको मोडलको लगानीमा अर्को फरक के छ भने अफ्रिकामा चीन सरकार नै लगानी गर्दछ तर भारत र जापानका निजी कम्पनी लगानीमा अघि छन् । भारत र जापानको सम्बन्ध मजबुद त भएको छ तर प्रधानमन्त्री मोदीको जापानको अहिलेको भ्रमण यस्तो समयमा भयो कि जापानका प्रधानमन्त्री एक हप्ता अघि मात्रै चीनको भ्रमणबाट फर्केका थिए ।
यस्तो संकेत आएको छ कि परम्परागत रुपमा शत्रुतापूर्ण व्यवहार गरिरहेका चीन र जापान अहिले नजिक हुन थालेका छन् । यस्तो बेलामा जापानले चीनलाई अफ्रिकामा चुनौति देला त ? प्राध्यापक मुकेश उनीहरुबीचको ऐतिहासिक दुश्मनी अहिले नै मित्रतामा परिणत हुने अवस्था नआउला भन्ने अनुमान गर्दछन् ।
(बीबीसी)
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको