दोहामा राष्ट्रपतिले उठाइन् हवाई उडानको प्रसंग

कतार चार दिने भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै नेपाल लगानीका लागि अाग्रह गरेकी छिन्।

लगानी र प्रतिफलको नेपाल सरकारले ग्यारेन्टी गर्ने उनले बताइन्।

‘कतारका व्यवसायी र लगानीकर्तालाई म आह्वान गर्न चाहन्छु तपाइँहरु नेपालमा लगानी गर्न आउनुहोस्’, उनले भनिन्, ‘म यति भन्छु नेपालमा गरिएको तपाइँकाे लगानीले उच्च प्रतिफल दिनेछ। नेपाल सरकारले लगानी प्रतिफल फिर्ताको ग्यारेन्टी गर्नेछ।’

नेपाल–कतार व्यवसायिक मञ्चलाई बुधबार दोहामा सम्बोधन गर्दै उनले काठमाडौं–दोहा हवाई उडानको प्रशंसा समेत गरिन्। ‘कतार र नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्बन्ध छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘दोहा–काठमाडौं रुटमा कतार एयरवेजले दैनिक पाँच उडान गर्छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि एक एक उडान गर्छन्।’

सघन हवाई सम्पर्कबाट नेपाल कतारबीच आगामन सहज हुनुका साथै अन्य मुलुकबाट पर्यटक नेपाल पुग्न सहज भएको उनले उल्लेख गरिन्।

नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिएको उनले उदाहरण पेश गरिन्। पर्यटन, उर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योगमा लगानी गर्न उनले सल्लाह दिइन्।

कतारसँग कृषि तथा खाद्य सुरक्षा सम्झौता
राष्ट्रपति भण्डारीको चारदिने औपचारिक भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई देशबीच भएको सो समझदारीपत्रले भविष्यमा कृषि र खाद्य सुरक्षामा सहकार्य गर्न मार्गप्रशसस्त गरेको छ।
सम्झौतामा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली