दुर्घटनामा परी ३ जनाको मृत्यु , २९ जना घाइते !

गोरूसिंगे जंगलमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

मृतक मध्ये दुई जना दाङको गढवा गाउँपालिका छन्। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एवम् डिएसपी पुष्पराज शाहीका अनुसार दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ४ निवासी  २५ वर्षीया पूजा सुनार र सोही गाउँपालिका वडा नं. ६ निवासी ४ वर्षीय सुशान्त सुनारको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा परि एक जना  अन्दाजी ४०/४५ वर्षका  पुरूषको पनि मृत्यु भएको छ। तर उनको सनाखद हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता शाहीले जानकारी दिए ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नं. को बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  लु २ ख १४७७ नं. टिपरसँग सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.–२ गोरुसिंगेको जंगलमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

घाइते मध्ये ४ वर्षीय बालकको दिउँसो ४ बजेतिर कपिलबस्तुमा र अन्य दुई जनाको त्यसको एक घन्टाको अन्तरमा लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता शाहीले बताए । 

दुर्घटनामा परि थप २९ जना घाइते भएको नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। त्यसमध्ये दश जनाको अवस्था गम्भीर रहेको, १२ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका तीन जना यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको बुटवलका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र