राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार (भोलि) कतारको चार दिने औपचारिक भ्रमणमा जाँदैछिन् । दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् ।
प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ । आइतबार नै कतार प्रस्थान गर्ने राष्ट्रपतिको प्रतिनिधिमण्डलका सदस्यमा २ जना नेपाली सेना, एक जना परराष्ट्र मन्त्रालय र २ जना राष्ट्रपति कार्यालयका कर्मचारी छन् ।
सोमबार राष्ट्रपतिसँगै कतार प्रस्थान गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत छन् ।
कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । भ्रमणको बेला मंगलबार (कात्तिक १३ गते) राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ । बैठक सकिएपछि राष्ट्रपति भण्डारीको सम्मानमा कतारका अमिरले भोजको आयोजना गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका बेला कतार फाउण्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । कतारका अन्य उच्चस्तरीय पदाधिकारीले पनि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने जनाइएको छ ।
कतारमा रहँदा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासको अवलोकन गर्नेछिन् । त्यहाँ उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कतार पुगेकै दिन सोमबार दूतावासले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजन गर्नेछ ।
राष्ट्रपतिको कतार भ्रमणका बेला नेपाल र कतारबीच भिसा र कृषिसम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसको टुङ्गो लगाउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन