राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार (भोलि) कतारको चार दिने औपचारिक भ्रमणमा जाँदैछिन् । दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् ।
प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ । आइतबार नै कतार प्रस्थान गर्ने राष्ट्रपतिको प्रतिनिधिमण्डलका सदस्यमा २ जना नेपाली सेना, एक जना परराष्ट्र मन्त्रालय र २ जना राष्ट्रपति कार्यालयका कर्मचारी छन् ।
सोमबार राष्ट्रपतिसँगै कतार प्रस्थान गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत छन् ।
कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । भ्रमणको बेला मंगलबार (कात्तिक १३ गते) राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ । बैठक सकिएपछि राष्ट्रपति भण्डारीको सम्मानमा कतारका अमिरले भोजको आयोजना गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका बेला कतार फाउण्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । कतारका अन्य उच्चस्तरीय पदाधिकारीले पनि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने जनाइएको छ ।
कतारमा रहँदा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासको अवलोकन गर्नेछिन् । त्यहाँ उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कतार पुगेकै दिन सोमबार दूतावासले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजन गर्नेछ ।
राष्ट्रपतिको कतार भ्रमणका बेला नेपाल र कतारबीच भिसा र कृषिसम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसको टुङ्गो लगाउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र