संसारकै महान् वैज्ञानिक स्टिफन हकिङलाई सबैले ह्विलचियरमा देखे । त्यही ह्विलचियरको अब लिलामी हुने भएको छ ।
ह्विलचियरसँगै उनको शोधपत्र तथा त्यससँग सम्बन्धित महत्वपूर्ण वस्तुको समेत लिलामी हुने बताइएको छ । लिलामीघर ‘क्रिस्टी’ले सोमबार हकिङको २२ चिजको अनलाइन बिक्रीको घोषणा गरेको थियो । यसमा ब्रह्मान्डको उत्पत्तिबारे उनले गरेको थेसिस, उनले पाएका केही पुरस्कार र वैज्ञानिक शोधपत्र समावेश गरिनेछ । शोधपत्रहरुमा ‘स्पेक्ट्रम अफ वार्महोल्स’ तथा ‘ब्रेकडाउन अफ फिजिक्स इन ग्राभिटेसनल कोल्याप्स’ सामेल रहेका छन् । लिलामीको समयमा उनलाई लोकप्रिय भौतिकशास्त्रीका रुपमा हेरिने भएको छ ।
क्रिस्टीका पुस्तक तथा पान्डुलिपि विभाग प्रमुख थोमस वेनिङ भन्छन्, ‘यी शोधपत्रले हकिङको सोचको विकासक्रम, उनको बुद्धिमत्तालाई दर्शाउनेछ ।’ हकिङ एकजना कस्मोलोजिस्ट तथा स्पेस ट्राभलरका रुपमा विश्वमा प्रसिद्ध रहे । र, अन्तरीक्षमा रहेको ब्ल्याकहोलका बारेमा उनको अनुसन्धानले हमेसा प्राथमकिता पायो ।
को हुन् हकिङ ?
२२ वर्षको उमेरमा उनलाई ‘मोटर न्युरोन’ रोग लागेको पत्ता लागेपछि २ वर्षमात्र बाँच्ने चिकित्सकले बताएका थिए । त्यसपछि उनले वर्षौंसम्म ह्विलचियरमा बसेर भौतिकशास्त्रका क्षेत्रमा आफ्नो शोधमा तल्लीन रहे । युनिभर्सिटी आफ क्याम्ब्रिजमा म्याथमेटिक्सका प्रोफेसरका रुपमा उनले प्राध्यापन गरे । उनको प्रसिद्ध पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्टसेलर बन्यो । यो पुस्तक बीसौं शताब्दीको एउटा ‘आइकन’ नै बन्न सफल भयो । सन् १९४२ मा जन्मेका उनको गत मार्चमा ७६ वर्षको उमेरमा निधन भयो । एजेन्सी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष